Tuesday 17th February 2026

एनआरएनए विवादसम्बन्धी दुई मुद्दा हेर्न नमिल्नेमा


शेष घले नेतृत्वको उच्चस्तरीय विवाद समाधान समितिले गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन गराउन नसक्ने भन्दै महाधिवेशन सार्न बद्री केसीले दायर गरेको रिट र एनआरएनए महाधिवेशन सार्न परराष्ट्र मन्त्रालयमार्फत महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको निवेदन हेर्न नमिल्नेमा राखिएको छ ।
केसी र परराष्ट्रले महाधिवेशनको मिति सार्नका लागि दिएको निवेदन सँगै राखेर सुनुवाइ गर्ने गरी आज न्यायाधीशद्वय विनोद शर्मा र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएकोमा हेर्न नमिल्नेमा राखिएको हो । आइतबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले केसीले दायर गरेको रिटमाथि कारण देखाऊ आदेश जारी गर्दै सोमबार दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो।
यसअघि एनआरएनएको विवादका सम्बन्धमा सर्वोच्चको परमादेशअनुसार गठन भएको उच्चस्तरीय समितिले वैशाख २० देखि २२ सम्म एकताको महाधिवेशन गराउन लागेपछि सचिवालयबाटै काम गर्दै आएका बद्री केसीले मिति सार्न माग गर्दै रिट दायर गरेका थिए ।
यस्तै एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित केसी लगायतविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दाको भने सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सकिएकोमा आदेश आउन बाँकी रहेको छ ।
-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

प्रतिकृयाहरू
...