Tuesday 6th October 2026

गाेबिन्द राज ओझा (राजन)को गीति कविताः यो देशको इतिहास…


यो देशको इतिहास पढनु पर्छ अब कुरा बुझ्नुपर्छ
नेपाल देशलाई चिन्न र चिनाउनु पर्छ
नेपाली भएर बाच्दा दिल खुसी हुन्छ
अब नेपाल र नेपालीको लागि सोच्नुपर्छ ।।१।।

नेपालको हितको लागि काम गर्नुपर्छ
यो देशलाई उज्यालो तिर लैजानु पर्छ
देशको माया कस्तो हुन्छ देखाउनु छ
देशमा सधै शान्ति हुनुपर्छ ।।२।।

सबै देश बासीमा एकता हुनुपर्छ
नेपाल आमाको भक्त भएर बाच्नुपर्छ
अखण्ड राष्ट्र नेपाल भनेर विश्वले चिन्नुपर्छ
देशको लागि बाच्न सिक्नुपर्छ ।।३।।

नेपाल आमालाई माया गर्न सिक्नुपर्छ
अब देशको बारेमा सोच्नुपर्छ
समृद्ध नेपाल बनाउन कम्मर कस्नुपर्छ
बुद्धको सन्देश संसारभरी फैलाउनु पर्छ ।।४।।

नेपाल देश शान्तिको देश भनेर चिनिनु पर्छ
पुर्खाको नासो यो देशलाई जोगाएर राख्नुपर्छ
राष्ट्र जोगाउनु हाम्रो धर्म हो कुरा बुझ्नुपर्छ
अब सबै मिलेर देश बनाउनु पर्छ ।।५।।

-गोबिन्द राज ओझा (राजन )


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...