Sunday 6th July 2025

“कल्याणकारी-हाला कप” भलिबल प्रतियोगिताको टाइसिट आगामी जनवरी ३१ तारिक हुने


कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना हुन लागेको “कल्याणकारी-हाला कप” अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइसिट आगामी जनवरी ३१ तारिक शुक्रबार हुने भएको छ । भलिबल प्रतियोगिता आयोजक समितिका संयोजक नबराज पराजुलीले दिएको जानकारी अनुसार भलिबल प्रतियोगिताको टाइसिट माहबुला स्थित भलिबल मैदानमा साँझ ५ बजे हुनेछ ।

आयोजकले प्रतियोगितामा प्रथम हुने टिमलाइ २५१ केडि नगदको साथमा ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गर्ने जनाएको छ । त्यसै गरि द्वित्तीय र तृतीय हुने टिमलाइ क्रमश १५१ र ७५ केडि नगद पुरस्कारको साथमा ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गर्ने भएको छ ।

प्रतियोगितामा टिम दर्ता शुल्क २० केडि तय गरिएको जनाउँदै टाइसिटको लागि टिम मेनेजर वा टिम क्याप्टनले भाैतिक रूपमा उपस्थित हुनु पर्ने, टेलिफोन सम्पर्कबाट टिम दर्ता नगरिने जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको…

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

प्रतिकृयाहरू
...