Monday 19th October 2026

बैंककबाट साउथ कोरिया फर्किएको विमान अवतरणका क्रममा दुर्घटना ४७ को मृत्यु


दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । यो विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए ।

दक्षिण कोरियाको दमकल विभागका अनुसार यस दुर्घटनामा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । यो जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।

दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई भनेका छन् कि दुई जना जीवितै फेला परेका छन् र उनीहरूलाई उद्धार गरिएको छ। उद्धार कार्य अझै जारी छ। विमानको पछाडिको भागबाट यात्रुलाई बचाउने काम भइरहेको विमानस्थल अधिकारीहरुले बताएका छन् । समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका थिए ।

दक्षिण कोरियाको दमकल विभागले जारी गरेको विज्ञप्तिमा एक यात्रु र एक जना चालक दलका सदस्यलाई बचाइएको बताइएको छ । ३२ दमकल र ८० कर्मचारी घटनास्थलमा पठाइएको विभागले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

प्रतिकृयाहरू
...