Tuesday 14th January 2025

सिरियाको शासक भागे पछि ईरान एक्लो, हिजबुल्लाह धरापमा


अत्याचार को एउटा सिमा हुन्छ । बसर अल असद को अत्याचार एउटा युगको कु्रर घटना थियो । असद परिवार ले सिरियामा ५० बर्ष देखि एक छत्र राज गर्दै आएकोमा अब त्यो ईतिहासमा परिणत भएको छ । कसैले कल्पना सम्म गर्न नसकेको विद्रोह यस पटक भयो । विद्रोही ले आक्रमण थालेको दुई साता भित्र नै एउटा विशाल भुभाग ओगटेका तानाशाह देशबाट सहजै बर्हिगमन हुन पुगे ।

ईजरायल ले हिजबुल्लाको ढाड भाचि दिए पछि सिरियाको एउटा सिमित क्षेत्रमा खुम्चिएर ८ बर्ष देखि बसेका विद्रोही ले एकाएक उपयुक्त परिस्थितीको आकलन सही ढंगले गरे र सरकार विरोधी शसस्त्र अभियान छेडे । बसर अल असदको सरकारको सधैको सहयोगी रुस र ईरान ले चाहेर पनि विद्रोही लाई रोक्न सकेन । रुस युक्रेन युद्धमा फसेको र ईरान ईजरायलबाट दपेटिएको यो नै उपयुक्त मौका हो भन्ने विद्रोहीको आकलन सहि सावित भयो ।

सन २०११ मा असद सरकार विरोधी विद्रोह सिरियामा शुरु भएको थियो । त्यो शान्तिपूर्ण थियो तर सरकारले हदै सम्मको क्रुर दमन शुरु गरे पछि विद्रोहीहरुले हतियार उठाएका थिए । लगातार करिब ६ बर्ष सम्म असद सरकारले ईरान र रुस को सहयोग लिएर विद्रोहीलाई दबाउने क्रममा सिरिया मा रगत को खोला बगे । करिब ५ लाख मानिसहरु त्यस क्रममा मारिएका थिए । अन्तत असद सत्ताले आंशिक जित हात पारयो । यद्यपी विद्रोहीहरु टर्कीको सिमाना नजिकै का सिमित क्षेत्रहरुमा समेटिएर चुपचाप बस्न बाध्य बने । उनीहरुलाई टर्कीको समर्थन थियो ।

राजनिती पनि गजब को हुन्छ । ईरान र टर्कीको नेतृत्वमा मध्यपूर्व ईजरायलका विरुद्ध एउटै मञ्चमा थिए । त्यसको नेतृत्व कहिले ईरान ले कहिले टर्की त कहिले साउदी ले गर्दै आएका थिए । करिब ५६ मुश्लिम देश सवै ईजरायल का विरुद्धमा एक थिए तर अब सिरियाको सत्ता पलट पछि अवस्थामा परिवर्तन आएको छ । असद को सरकारले देश छाडे सँगै हिजबुल्लाह ले पनि सिरिया छाडेको छ भने ईरान ले आफ्ना कुटनैतिक र सैन्य अधिकारीलाई सिरियाबाट फिर्ता गरेको छ । सिरिया ईरानको सेटलाईट सत्ता थियो त्यो अब एक हिसावले खतम भएको छ ।

अहिले यो स्पष्ट भईसकेको छैन की सिरियाको सत्ताले विदेश निती कस्तो अपनाउछ । अब सिरियाको सत्ता कट्टर धार्मिक संगठनको हातमा जादैछ । त्यो सुन्नी बाहुल्य सत्ता हुनेछ की सिया हेर्न बाकी छ । सिया बाहुल्य सत्ता भए मा ईरान सँग उसको सम्बन्ध नयाँ सिराबाट शुरु हुन्छ जुन ईजरायलका लागि अर्को खतरा हुनेछ । यदि सुन्नी सत्ता भए त्यसले मध्यपूर्व का सुन्नी बाहुल सत्ता र टर्की सँग सम्बन्ध बनाउने छ जसले गर्दा तत्काल ईरान एक्लिने छ ।

यो विद्रोह अचम्मको देखियो । जहाँ जहाँ विद्रोहीहरु पस्दै गए त्याहाबाट बसर अल असदका सैनिकहरु ले सहज रुपमा मोर्चा त्यागि दिए । अझ कतिपय समाचार अनुसार त धेरै सरकारी सेनाहरु विद्रोही सेनाको कमाण्डमा तुरुन्तै हतियार बुझाएर सामेल हुन पुगे । असद सरकार अति अलोकप्रिय रहेको यो प्रष्ट संकेत थियो । युद्ध प्रारम्भको दुई साता नवित्दै सिंगो देश विना प्रतिकार विद्रोहको कव्जामा पुग्यो । राष्ट्रपति बसर अल असद आज विहानै एक विमान लिएर अज्ञात स्थानतिर लागे । उनी कहाँ छन भन्ने प्रष्ट भईसकेको छैन । एक थरी ले उनी चढेको विमान दुर्घटना भएको भन्ने हल्ला पनि फिजाई रहेका छन । अर्कोतिर असदले आफ्ना माताहात का सवै निकाय लाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नु भने पनि भनिएको छ ।

यसपटक सिरियाको विद्रोह को नेतृत्व गर्ने ४५ बर्षका युवा छन । उनले सुझबुझ पूर्ण रुपमा अल्पसंख्याकहरु को रक्षाका लागि बोलेका छन । उनले आफ्ना विद्रोही सैन्यहरुलाई बदला को भाव ले युद्ध नगर्न भनेका छन । उनले आत्मा समपर्ण गर्नेहरु माथि अत्याचार नगर्न भनेका छन त्यति मात्र होईन उनले राजधानी दमसकस भित्र पसेका आफना सैनिकहरुलाई सरकारी संस्थान वा संरचनामा नपस्न भनेका छन । अर्थात उनले कायम संरचना नभत्काई बर्तमान सरकारबाट शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न भनेका छन । विद्रोही ले कव्जा गरेको राज्यमा बदला स्वरुप कसै माथि हतियार उठाईएको छैन । यस्तो लाग्छ बसर अल असद देखि बाहेक विद्रोहीहरुको नजरमा सिरियामा कोही शत्रु छैन । असद परिवारका पोष्टर, मुर्तिहरु बाहेक अरु कुरा ढालिएका छैनन ।

सिरियाभरी हर्षोल्लास छाएको छ । जताततै उत्सव को माहौल देखिएको छ । तर यति बेला नै ईजरायलले भने असद ले ईरानबाट थुपारेका हतियार डिपोहरुमा हवाई आक्रमण गरेको छ । त्यहाँ रहेका हतियारहरु विद्रोहीहरुले कव्जामा लिएर ईजरायल माथि भविश्यमा खतरा पैदा गर्न नसकुन भन्ने ईजारयलको मकसद देखिन्छ । सिरियामा विद्रोही लाई विगतमा दबाउन प्रयोग गरिएका हिजबुल्ला बेसहरु अहिले खाली भएका छन । त्यहाँ रहेका हिजबुल्लाह लडाकुहरु पनि भागेका छन । उनीहरु लेबनान फर्केको बताईन्छ । त्यसरी फर्कने क्रममा हिजबुल्ला चढेको एउटा गाडी लाई हिजरायल ले आक्रमण गरेको पनि समाचार आएको छ ।

तत्काल लाई किन नहोस, ईजरायल लाई निक्कै लाभ मिलेको छ । ईजरायलकै कारण विद्रोहीहरु लाई सिरिया कव्जा गर्ने आधार तय भएको ईजारयलको दावी सतप्रतिशत सत्य छ । हिजबुल्लाह थला पर्दैनथ्यो र ईरानको चुरीफूरी ईजरायली आक्रमणबाट बन्द हुदैनथ्यो भने विद्रोहीहरु ले बसर को सत्ता विरुद्ध आक्रमण गर्न सम्भव थिएन ।

सिरियाबाट हुने हिजबुल्ला र जिहादीको खतरा ईजरायलका लागि तत्काल लाई टरेको छ । यसले गर्दा प्यालेस्टाईनमा रहेको हमास झनै सहारा विहिन अवस्थामा पुगेको छ । अब सिरियामा ईरानको ठाउँमा टर्कीको बोलबाल शुरु हुनेछ । ईजरायल विरुद्धको मार्चा बन्दी गर्ने टर्की कसरी भित्र भित्रै ईरान कै खिलाप तयारीमा थियो भन्ने तत्कालका घटनाहरुले राजनिती कति निर्मम , कति छलछाम र कति विश्वासघाती हुन्छ भन्ने बुझ्न यो घटना नै काफी छ । यसको असरको फाईदा पनि ईजरायल लाई हुनेछ । अब बसर को बर्हिगमन सँगै मध्यपूर्वका मुश्लिम देशहरु एउटै मञ्च र उस्तै मुद्धमा एकजुट हुने अवस्था पनि समाप्त भएको छ । उनीहरु पुन फुटको अवस्थामा पुग्नेछन । यो घटना सँग अब लेबनानमा हिजबुल्लाह को र गाजामा हमासको पतन निश्चित छ । ईरान एक्लो हुने खतरा बढेको छ भने ईराकी सत्ता माथि पनि अब संकट आउने देखिन्छ ।

डर यति हो की कटटरपन्थीहरुको उदयले सिरियामा अफगानिस्तान को जस्तो सत्ता हुने हो की भन्ने चिन्ता भने विश्व जगतलाई छ ।


सम्बन्धित शीर्षकहरु

इजरायलले सम्भावित बन्धक सम्झौताको भागको रूपमा दक्षिणी इजरायलको अक्टोबर 7 मा भएको नरसंहारमा भाग लिने नुख्बा सेनासँग सम्बन्धित कुनै पनि…

“हामी हाम्रा दृढ र धैर्यवान जनता र जेलमा रहेका हाम्रा वीर कैदीहरूसँग हाम्रो प्रतिज्ञा नवीकरण गर्छौं, र हामी पुष्टि गर्छौं…

संखुवासभा समाज कुवेतले जिल्लाका तीन विद्यालयहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ। समाजका अध्यक्ष विजय लामाको नेतृत्वमा गरिएको यो…

प्रतिकृयाहरू
...