Monday 19th October 2026

कोलकाताको निजी अस्पतालले बंगलादेशी नागरिकको उपचार नगर्ने


बंगलादेशमा जारी तनाव र इस्कॉनसँग आबद्ध चिन्मय दास प्रभुको गिरफ्तारीको विरोधमा कोलकाताको एक स्त्री रोग विशेषज्ञ र एक निजी अस्पतालले बंगलादेशी नागरिकको उपचार नगर्ने घोषणा गरेका छन् ।

स्त्री रोग विशेषज्ञ इन्द्रनिल साहले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णयको जानकारी दिएका छन् । सहरको माणिकतला क्षेत्रमा रहेको जेएन रोय अस्पतालले पनि यस्तै जानकारी दिएको छ । मिडियालाई दिएको जानकारीमा अस्पताल व्यवस्थापनले यस्तो निर्देशन दिएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक सुभ्रांशु भक्तले अस्पतालको स्वागत कक्षबाहिर टाँसिएको यस्तो निर्देशन दिएका हुन् ।

शुक्रबार राति अबेर अस्पतालका निर्देशकले पत्रकारहरुसँग कुरा गर्दै यो निर्णय शुक्रबारदेखि नै लागू भएको र अर्को निर्णय नभएसम्म आफ्नो अस्पतालले कुनै पनि बंगलादेशी नागरिकको उपचार नगर्ने बताए । बंगलादेशका धेरै ठाउँमा भारतीय तिरंगाको अपमान भइरहेको भन्दै उनले यो निर्णय गरेको पत्रकारहरुलाई बताए । प्रख्यात स्त्री रोग विशेषज्ञ इन्द्रनिल साहले आफ्नो फेसबुकमा लेखेका छन्, “मैले आफ्नो चेम्बरमा बंगलादेशका बिरामीहरू हेर्न बन्द गरेको छु। पहिले देश, त्यसपछि कमाइ।”

हालै इस्कॉनसँग सम्बद्ध चिन्मय कृष्ण दासलाई पक्राउ गरेपछि बंगलादेशमा हिंसा भड्किएको थियो । यसपछि भारतले बंगलादेशको अन्तरिम सरकारले त्यहाँका अल्पसंख्यकहरूको सुरक्षाको जिम्मेवारी पूरा गर्नुपर्ने बताएको थियो।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...