Monday 28th September 2026

गोलीबारीमा ३८ जनाको मृत्यु


पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम आदिवासी जिल्लामा यात्रुवाहक सवारी साधनमा गोली हानाहान भएको छ । यस गोलीबारीमा ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसबाहेक १९ जना घाइते भएका छन् । घाइतेहरुलाई ताल र पेशावरका अस्पतालमा भर्ना गरिएको छ ।

कुर्रम जिल्लाको मदारवी क्षेत्रमा प्रहरी निगरानीमा रहेको पारा चिनार क्षेत्रबाट केही सवारीसाधन आइरहेका थिए । सोही क्रममा ती सवारीसाधनमाथि आक्रमण भएको थियो । मन्डारवीको प्राथमिक उपचार केन्द्रमा तैनाथ डाक्टर मुहम्मद नवाजले बीबीसी संवाददाता इफ्तिखार खानलाई छ जना महिलासहित ३३ जनाको शव अस्पतालमा ल्याइएको बताए।

यसबाहेक थप ५ जनाको शव अलिजी अस्पतालमा पठाइएको छ । घाइते आठ जनालाई पनि अलिजी अस्पतालमा भर्ना गरिएको छ । काफिलाको सुरक्षामा खटिएका एक अधिकारी भन्छन्, ‘हामी पाँच–छ जना अफिसर थियौं । गोली कहाँबाट आयो भन्ने थाहा हुन सकेको छैन । गोली लागेर हाम्रा एक जना साथी पनि घाइते भएका छन् ।

काफिलाका एक यात्रु पिर हुसेन शाहले पत्रकार जुबैर खानलाई ठूला हतियारबाट अन्धाधुन्ध गोलीबारी भइरहेको बताए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...