Sunday 15th March 2026

प्रवासी नेपाली मञ्च कुवेतको समन्वयमा झापाकी कल्पना भुजेलको शव नेपाल पठाइँदै


फकिर – गत जुलाई १५ तारिक कुवेतस्थित मुबारक अल कबिर अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी कल्पना भुजेलको शव नेपाल पठाईने भएको छ । प्रवासी मञ्च कुवेतको समन्वयमा भुजेलको शव आईतबार नेपाल पठाउन लागिएको हो । शव पठाउन लाग्ने दस्तुर ( एयरवे बिल ) बापतको ३ सय ८५ दिनार प्रवासी मञ्च कुवेतको अनुरोधमा मञ्चको अन्तराष्ट्रिय श्रमिक कोषबाट उपलब्ध भएपछि अन्तत: कल्पनाको शव नेपाल पुग्ने भएको हो । प्रवासी मञ्च कुवेतका नवनिर्वाचित अध्यक्ष रूपेन हमालका अनुसार शव लैजानका लागी सबै प्रकृया पूरा गरेर आज आईतबार साँझ कुवेत एयरवेजको उडानबाट नेपाल पठाईन लागिएको हो ।

नेपालको एजेण्ट भनिने धनिराम राईलाई पैसा बुझाएर ६ महिनाअघि मात्रै कल्पना कुवेत आएकी थिइन् । स्वास्थ्यमा समस्या आएपछि उनले आफूलाई नेपाल फर्काईदिनको लागी कुवेतकै अर्का एक एजेन्टलाई अनुरोध गरेको थिईन् तर उक्त एजेण्टका ब्यक्तिले एकलाख पैसा लिएर उनलाई नेपाल नफर्काई फरार भएको थियो ।

दिनदिनै स्वास्थ्य अवस्था कमजोर भएपछी नेपाली दूतावासको संरक्षणमा बस्दै आईरहेकी उनलाई मुबारक अल कबिर अस्पताल पठाईएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको नेपाली दूतवासले पुष्टी गरेको छ । तर, उनको के कारणले मृत्यु भएको हो भन्ने बारे चाँहि यकिन भएको छैन । मृतक भुजेलको स्थायी ठेगाना शिवसतासी नगरपालिका – २ झापा भएको खुल्न आएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...