Monday 9th September 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय उनान्चालिसौँ भाग (१३९)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८१/०३/३१
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : मिल्दो ।

दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।

अक्षर संख्या :- ५ देखि २५ बराबरी

पञ्चाङ्ग १

पिरतीको धुन मन पर्‍यो गायौ रोजेर
जित्यौ हृदय प्रेमको माला लायौ रोजेर
बढ्दो हो ढुकढुकी सास लिँदा अनि फाल्दा
उथलपुथल झर सरी पायौ रोजेर
दूध चुस्दै ओकलेर भात खायौ रोजेर ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

घुमेर फेरि साउन आयो
माया र प्रेम लाउन आयो
हरिया पार्दै डाँडा र काँडा
सबैले सुख पाउन आयो
तीजका गीत गाउन आयो ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ३
आकाशबाट ठुलाे पानी पर्दैछ
छानाबाट परेकाे पानी झर्दैछ
बाढी आएकाे छ रे ठाउँठाउँमा
घरभित्र सबैकाे पानी भर्दैछ
अनाहकमा फेरि मान्छे मर्दैछ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ४

धिक्कार वा हकार तिम्रो नै माया हो म
जता जान्छौ उतै आउँने त्यो छाँया हो म
मलाई लाग्छ माया तिमीलाई गर्दिनौ
साथ छोड्दिन कहिले तिम्रो दायाँ हो म
जीवन भरिको लागि तिम्रो कायाँ हो म ।

सोमनाथ लुइटेल

पञ्चाङ्ग ५

व्यवहार टाल्दाटाल्दै हातकाे धन च्यातियो
मिलाउन खाेज्दाखाेज्दै फेरि नि पन च्यातियो
गरिबीको सियोले सिएर कसरी चल्छ खै
समताकाे धागाेले सिलाएकाे मन च्यातियो
बटुल्दै पीडाहरू, खुट्दा दु:ख, झन च्यातियो ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ६

पिरतीमा सम्पत्तिको चाहा हुदैन भन्छन्
सम्पत्तिको चाहानाले आहा हुदैन भन्छन्
सांसारिक सुखलिप्सा र खेल चाहानाको
अलौकिक ज्ञान गुण थाहा हुदैन भन्छन्
काल आईसक्दा त चेताहा हुदैन भन्छन् ॥

गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग ७

कति ठुलो पानी पर्दैछ हेर
किसान खेतमा झर्दैछ हेर
मुठ्ठीले मुरी उब्जाउनु पर्ने ,
उ खेतमा पानी भर्दैछ हेर
अब याँ रोपाइँ गर्दैछ हेर ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग ८
भानुको घर नै देखेको छु मैले
चारुमा यो कुरा भेटेको छु मैले
नजानेले अन्दाजमा धेरै लेख्छन्
नदीभित्र जाल फ्याकेको छु मैले
झूटको मुख नै च्यातेको छु मैले ।

• देवी पन्थी
पञ्चाङ्ग ९

पिरतिको धुन मनपर्यो
तिम्रो प्यारो गुन मनपर्यो
हाँस्दै खेल्दै काटौंला जीवन
माथी हेर जून मनपर्यो
जून हेरी छुन मनपर्यो ।

सरिता सेढाई धादिङ

पञ्चाङ्ग १०
अनौठो समय साल रोजेपछि
जानी बुझी आफै काल रोजेपछि
आज ऊ मृत्युको काखमा पुगेछ
उर्लेको साउने छाल रोजेपछि
आखिर आँसुको ताल रोजेपछि ।
– आर्त अकुलीन

पञ्चाङ्ग १

कदर नभए व्यर्थ छ यो बोली किन ?
अचुक नभए व्यर्थ छ त्यो गोली किन ?
अपूर्ण रहन्छन् किन हाम्रा धेरै आशा ?
आजै गरौँ व्यर्थ हुन्छ गर्छु भोली किन ?
प्रभु कृपामा भर्नेछ हाम्रो झोली किन ?

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग १२

प्रीति रच्ने सुन्दै मधुर धुन तिमी हौ
मलाई दुःख पर्दा लाग्ने गुन तिमी हौ
चाहिँदैन हिरा मोती चाहिँदैन रत्न
मेरा निमित्त बहुमूल्य सुन तिमी हौ
मेरो जीवनको उज्यालो जून तिमी हौ ।

श्रीकृष्ण शर्मा, पोखरा–५, मालेपाटन

पञ्चाङ्ग १३

चारैतिर हराभरा तिम्रै लागि हाे
उर्वरिली वसुन्धरा तिम्रै लागि हाे
सदुपयाेग गरिराख पूज कर्मले
हरकुना र कन्दरा तिम्रै लागि हाे
हर बुट्यान हर जरा तिम्रै लागि हाे ।

चन्द्रावती अधिकारी

पञ्चाङ्ग १४

साहुन लाग्यो हरियाली बनभरी भयो,
राजनीति उस्तै नेताको मनपरी भयो
केही दिनको झरी पछि सूर्य आए टाठा
असार केहिदिन नियमित झरी भयो
जे जे भयो सबै देशमा खरखरी भयो ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १५

साउनको हरियाली सँगै आउ तिमी
हरियो चुरा,पोते र धागो लाउ तिमी
जता हेर्यो प्रेमिल जोडीहरु देख्छु नि ,
बर्षातमा सबैको मनमा छाउ तिमी
बिग्रेको जिन्दगी सुधारेर जाउ तिमी

धनमाया चौधरी कैलाली

पन्चाङ्ग १६

जीवन बर्षे भेल रहेछ थाहा भयो
आपसी कस्तो मेल भएछ चाहा भयो
आफ्नो बिचार यहाँ माथि परे पछि त
हा पीडकको माछा अहिल्यै पाहा भयो
जीवन्त चल्ने खेल जहिल्यै घाहा भयो !

कमला देवकोटा , पाल्पा

पञ्चाङ्ग १७

साउनभरि हातमा हरियो चुरा लाउने
बाँकी एघार महिना त मात्रै कुरा लाउने
कुरा गर्यो कुरैको दु:ख भन्छन् देश बनेन
जो गर्छु भन्छ काम उसैमाथि शुरा लाउने
ठुला मान्छे ठुलै भैगो काममा भुरा लाउने ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १८

सधैँ तिम्रो हुन पाउँ भन्दै मन्दिर धाउने छु
तिम्रो नामको मेहन्दी मैले हातमा लाउने छु
दुःखका बाढी पहिरो जति आए पनि कान्छा हो
उफ ! नगरी सँगै नै कदम चाल्दैँ आउने छु
मैले त्यो मन जितेर सधैँभरि मैै छाउने छु ।

✍️सीमा कार्की समर्पण ,
मेलचोक पर्स, नेपाल ।

.पञ्चाङ्ग १९

आफ्नाे मन र स्वार्थकाे जाती नबन
अपराधीकाे लस्कर ताँती नबन
मुटु पत्थर हाेइन ,बिचार गर
समानता गर पक्षपाती नबन
आत्मा परमात्मा चिन घाती नबन ।
सूर्य गिरी पाेखरा

👉पञ्चाङ्ग 🇧🇹 २०

निर्मल नदिको निर्मल जल पाइन्छ
नरम बोलेर नरमै फल पाइन्छ
जस्तो व्यवहार गर्यो त्यस्तै हुने त हो
नसालु पदार्थले तलतल पाइन्छ
अन्ततः घमण्डले खलबल पाइन्छ ।

✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

पञ्चाङ्ग २१

श्रावणको हरियालीसँग रमाउन राम्रो
हरियालीको लागि बिरुवा जमाउन राम्रो
श्रावणमा हरियै लगाउनु रे भन्ने छैन
केही बोट विरुवा पनि त कमाउन राम्रो
राम्रो संस्कार संस्कृतिहरू समाउन राम्रो ।

शोभा आचार्य गौतम
काठमाडौँ


सम्बन्धित शीर्षकहरु

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ।…

क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा स्कटल्याण्डलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा पोर्चुगलले स्कटल्याण्डलाई २-१ गोल अन्तरले…

पाकिस्तानको राजधानीमा हजारौं मानिसहरू सडकमा उत्रिएका छन् र पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै एक वर्षभन्दा बढी समयदेखि जेलमा…

प्रतिकृयाहरू
...