Wednesday 14th October 2026

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा


अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । जारी कोपा अमेरिकाको सेमिफाइनलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनेल मेसीले एक एक गोल गरेका थिए । अल्भारेजले खेलको २२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए भने मेसीले खेलको ५१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

यो जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । १५ पटक कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिना योसहित ३० पटक कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।

अब फाइनलमा अर्जेन्टिनाले कोलम्बिया र उरुग्वेबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल जुलाई १५ मा हुने छ ।


सम्बन्धित शीर्षकहरु

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

प्रतिकृयाहरू
...