Tuesday 1st September 2026

एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उतिर्ण


एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो ।

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताएका छन् । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।

गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच फेरि तनाव बढेपछि विश्व बजारमा तेलको मूल्य बढ्न थालेको छ। अमेरिकाले इरानको एक सैन्य स्थलमा आक्रमण गरेपछि…

इरानी राष्ट्रपति मसुद पेजेस्कियानका छोरा युसेफ पेजेस्कियानले इरानको अस्तित्व युरेनियम संवर्धनमा निर्भर नरहेको बताएका छन्। उनले युरेनियम संवर्धन जारी राख्ने…

हालैको विनाशकारी विपत्तिपछि नेपाललाई स्वदेश तथा विदेशबाट सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय संस्था र सर्वसाधारण नागरिकमार्फत ठूलो मात्रामा राहत तथा सहयोग प्राप्त…

प्रतिकृयाहरू
...