राजेन्द्र बहादुर चन्द – संसारका जुनसुकै पर्यटकिय क्षेत्र लाई पनि आवागमनकाे सहजता संग जाेड्ने प्रचलन रहेकाे पाईन्छ । जसले गर्दा ती पर्यटकिय क्षेत्रमा बढि भन्दा बढि पर्यटकले अवलोकन गर्न सकुन, उक्त पर्यटकीय क्षेत्रमा बढि भन्दा बढि ब्यापारिक गतिविधि बढुन र त्यस क्षेत्रमा बसाेबास गर्ने आम नागरिककाे आर्थिक सामाजिक रुपमा उन्नति प्रगति हुने निश्चित हुन्छ। जसले गर्दा नगर जिल्ला प्रदेश र समग्र राज्यकै आर्थिक गतिविधिमा उन्नति प्रगति भएको देखिन्छ ।नागरिक सक्षम भए देश आफै सक्षम बन्नेछ।
यसका लागि राज्य संचालन गर्ने सरकारका निकायहरुले पनि आपसि समन्वययात्मक भुमिकामा रहि एक अर्काकाे पुरकका रुपमा अगाडि आईदिनु पर्ने हुन्छ, जसले गर्दा सम्पुर्ण बिकासका कामहरु बिबादरहित छिटाे छरिताे रुपमा सम्पन्न गर्न सकिने भई आम जनताले सहज रुपमा त्यसकाे सेवा उपभाेग गर्न पाउने छन।जसले गर्दा जनतामा राज्य र राज्य संचालनकर्ता माथि अझै विस्वास बढ्दै गई जनता आफै सहयाेगि बनेर अगाडि आउने बाताबरण सिर्जना हुने निश्चित छ।
एवम् प्रकारले समग्र सुदुरपश्चिम प्रदेशकाे बिकासमा पनि यस्तै प्रकारकाे काेशे ढुङ्गा साबित हुन गईरहेकाे छ, महेन्द्रनगर मझगाउ बिमानस्थल। महेन्द्रनगर बिमानस्थल बि . स .२०२३/२४ साल तिर स्थापना भएको र २०२९/३० साल तिरबाट संचालनमा आएकाे सुदुरपश्चिम प्रदेशको तराईमा अवस्थित सबैभन्दा पुरानाे बिमानस्थल हाे। जुन बि. स .२०५६ साल सम्म संचालनमा रहेकाे थियाे।तत्कालीन समयमा सुदुरपश्चिमका सबै पाहाडि जिल्लामा हुने हवाई उडानका लागि प्रमुख ट्रान्जिट थियाे , मझगाउकाे बिमानस्थल। कारणवस द्वन्द्वका समयमा असुरक्षाको कारण देखाउदै बि.स. २०५६ पछि उडान बन्द गरियाे र लामाे समय भईसक्दा पनि महेन्द्रनगर बिमानस्थल पुनः संचालनका लागि राज्य उदास रहेकाे आभाष भयाे कंचनपुर जिल्ला वासि जनतालाई ।फलस्वरूप बि स २०७६ सालबाट मझगाउ बिमानस्थल पुनः संचालन समित गठन भई बन्द रहेकाे बिमानस्थल पुनः संचालनका लागि कंचनपुर जिल्ला वासि र समग्र सुदुरपश्चिम वासि जनता , जनप्रतिनिधि, राजनितीक दल, उद्योगि व्यापारी , निर्माण व्यवशायि, हाेटेल व्यवशायि , पर्यटन व्यवशायि, शिक्षक, कर्मचारी , पत्रकार , समाजसेवी , बुद्धिजीवी , सरकारि तथा गैर सरकारि निकाय सबैकाे पहलमा तीन तहका सरकार ( भिमदत्तनगरपालिका १५% र दाेधाराचाँदनि नगरपालिका १०% गरि)स्थानिय सरकारकाे २५% , सुदुरपश्चिम प्ररेेश सरकारकाे २५% र संघिय सरकारकाे ५०% सहलगानिमा पुनः निर्माण कार्य भईरहेकाे छ, हाल महेन्द्रनगर बिमानस्थलकाे।
विश्वमै आफ्नाे छुट्टै परिचय दिन सफल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको काखमा रहेकाे महेन्द्रनगर बिमानस्थल संचालनमा आउदै गर्दा शुक्लाफाँटाकाे पर्यापर्यटनमा त उल्लेख्य बृद्धि हुने नै छ, त्यसका साथसाथै निकुञ्ज संग प्रतक्ष्य रुपमा जाेडिएका मध्यवर्ती क्षेत्रमा वसाेवास गर्ने जनताकाे जीवनमा त झनै कायापलट हुनेछ। जति धेरै पर्यटककाे आवागमनमा वृद्धि हुँदै जानेछ , त्यहि अनुपातमा निकुञ्ज प्रशासनले राजश्व संकलन गर्न सफल हुनेछ। उक्त संकलित राजश्वकाे ५०% सम्मकाे रकम त्यहि क्षेत्रमा बसाेवास गर्नेे जनताका लागि र बिकासका लागि खर्च गर्नुपर्ने प्रावधान रहेकाले मध्यवर्ती क्षेत्रमा वसाेवास गर्ने जनताकाे सीप , कला , क्षमता अभिबृद्धि , सामाजिक आर्थिक , शैक्षिक , प्रकृति संरक्षण ,चाेरिसिकारि नियन्त्रणकाे क्षेत्रमा उल्लेखनीय सुधारका लागि काम गर्न सकिने कुरामाा दुई मत नहाेला।
यति मात्रै नभई भारतका प्रमुख पर्यटकीय शहरहरु जस्तै , भारतकाे राजधानी दिल्ली सहितका प्रमुख शहरहरु नैनिताल, देहरादुन, बरेलि, लखनउ, आगरा, मथुरा ,हरिद्वार लगाएतका शहरहरु संग एकदमै छाेटाे दुरिमा रहेकाे नेपालकाे प्रमुुख नाका गड्डाचाैकि नाका
बाट भित्रिने भारतिय तथा तेस्राे मुलकबाट आउने पर्यटकलाई सहजै महेन्द्रनगर मझगाउ बिमानस्थलबाट छाेटाे समयमै काठमाडौं र देशका अन्य गन्तब्यमा पुग्न मद्दतगार साबित हुनेछ मझगाउ बिमानस्थल। जसले गर्दा देशकाे पर्यटन प्रवद्धनमा ठुलाे टेवा पुग्ने देखिन्छ ।
दाेधाराचाँदनिमा बनिरहेकाे सुख्खाबन्दरगाह, महाकाली करिडाेर संचालन पश्चात् जाेडिने त्रिदेशिय नाका,दैजिओैद्याेगिक क्षेत्र निर्माण पश्चात् अझै बढि ब्यावशायिकता बढेर जानेछ महेन्द्रनगरमा रहेकाे मझगाउ बिममनस्थलकाे।
यसका साथै सुदुर तथा मध्यपश्चिममा रहेका थुप्रै प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्रलाई पर्यापर्यटन संग जाेडेर विभिन्न पर्यटकिय भ्रमण प्याकेज बाट नेपाल भित्रीने बाह्य पर्यटक र नेपालकै आन्तरिक पर्यटक लाई पनि हामी यहि बिमानस्थल बाट सेवा दिन सक्नेछाै भने, मानसरोवर भ्रमणको लागि जाने तिर्थयात्रिहरुका लागि अझै उत्कृष्ट राेझाईमा पर्न सफल बन्ने छ, महेन्द्रनगर मझगाउ बिमानस्थल।
त्यसका लागि मझगाउ बिमानस्थलकाे निर्माणकार्य जतिसक्दो चाडाे सम्पन्न भई संचालन आउनु जरुरि छ।
पंक्तिकार:मझगाउ बिमानस्थल पुनः संचालन समित, कंचनपुर का सचिव तथा अभियन्ता हुन्।