Tuesday 15th July 2025

टी-२० मा नयाँ कीर्तिमान, २७ बलमै शतक


एस्टोनियाका साहिल चौहानले टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा चाँडो शतक बनाउने नयाँ कीर्तिमान बनाएका छन् । सोमबार साइप्रसविरुद्धको खेलमा मात्र २७ बलमा शतक हिर्काउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् । उनले टी-२० मै एकै खेलमा सबैभन्दा धेरै १६ छक्का हानेर नयाँ कीर्तिमान समेत बनाएका छन् ।

चार महिनाअघि मात्र जान निकोल लोफ्टी इटनले नेपालविरुद्ध ३३ बलमा शतक बनाउँदै यो कीर्तिमान बनाएका थिए । इटनले नेपालका कुशल मल्लले बनाएको रेकर्ड भङ्ग गरेका थिए । मल्ले मंगोलियाविरुद्ध ३४ बलमा शतक हिर्काएका थिए ।

यो सबै खाले टी–२० खेलमा पनि बनेको सबैभन्दा चाँडो शतक थियो । यसअघि क्रिस गेलले आईपीएल २०१३ मा ३० बलमा शतक बनाएका थिए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २…

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

प्रतिकृयाहरू
...