Monday 28th September 2026

टी-२० मा नयाँ कीर्तिमान, २७ बलमै शतक


एस्टोनियाका साहिल चौहानले टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा चाँडो शतक बनाउने नयाँ कीर्तिमान बनाएका छन् । सोमबार साइप्रसविरुद्धको खेलमा मात्र २७ बलमा शतक हिर्काउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् । उनले टी-२० मै एकै खेलमा सबैभन्दा धेरै १६ छक्का हानेर नयाँ कीर्तिमान समेत बनाएका छन् ।

चार महिनाअघि मात्र जान निकोल लोफ्टी इटनले नेपालविरुद्ध ३३ बलमा शतक बनाउँदै यो कीर्तिमान बनाएका थिए । इटनले नेपालका कुशल मल्लले बनाएको रेकर्ड भङ्ग गरेका थिए । मल्ले मंगोलियाविरुद्ध ३४ बलमा शतक हिर्काएका थिए ।

यो सबै खाले टी–२० खेलमा पनि बनेको सबैभन्दा चाँडो शतक थियो । यसअघि क्रिस गेलले आईपीएल २०१३ मा ३० बलमा शतक बनाएका थिए ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...