Thursday 18th September 2025

कुबेतमा नेपालीको लगानीमा ”सोल्टी एक्स्प्रेस मार्ट”सञ्चालनमा


कुवेत-वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समय रहेर व्यावसायिक अनुभव बटुलिसकेका अनुभवी युवाहरुको लगानीमा ‘सोल्टी एक्स्प्रेस मार्ट’ नामक नेपाली व्यावसाय शुरु भएको छ। कुवेतको नेपाली समाजमा चिर परिचित कर्मठ युवाहरू रणध्वज लामा, दिल कुमार पाख्रिन, मनिश केसी र सुरज मास्केले संयुक्त रूपमा संचालनमा ल्याएको सोल्टस् एक्सप्रेस मार्ट माहबुल्ला ब्लक २ स्थित २३९ सट्रीटमा अबस्थित छ भने नेपालीहरूको घना बस्तीमा दैनिक उपभोग्य वस्तुको अलावा साैन्दर्य प्रशाधन लगायतका सामाग्रीहरू मार्टमा पाउन सकिन्छ ।
कुबेतको धेरै नेपालीहरु बसो बास गर्ने ठाँउमा माहबुल्लामा खोलिएको सोल्टी एक्स्प्रेस मार्ट हिजो मिति जुन १० तारिक नेपाली राजदुतास कुवेतका महामहिम राजदुत घनश्याम लम्सालले रिबन र केक काटेर मार्टको औपचारिक शुरुवात गरेका थिए ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनहरु बजारीकरण गर्दै स्वदेशमा विदेशी मुद्रा भित्र्याउने उदेश्यका साथ नेपाली युवाहरुले सोल्टी एक्स्प्रेस मार्ट सञ्चालनमा ल्याएको बताएका छन । नेपालको उत्पादनहरु फापरको पिठो, कोदोको पिठो, टिम्मुर, गुन्द्रुक, सिन्की, अलैंची, नेपाली घ्यु, नेपाली मह, जुम्लाको मार्सी चामल, जुम्लाकै कालो चामल, नेपालमा बनेको स्पेसल अचारका परिकारहरु, छुर्पी, विभिन्न प्रकार र स्वादका पाउँहरु, अकबरे खुर्सानी, मकैको च्याँख्ला, मैकैको पिठो, जौको च्याँख्ला, जौको पिठो, सातु, सिस्नुको धुलो, करेन्ट चाउचाउ, रारा चाउचाउ लगायत १०० भन्दा बढी नेपाली उत्पादनहरु कुवेत हुँदै विदेशीलाई बेची विदेशी मुद्रा नेपाल भित्र्याउने सोल्टी एक्स्प्रेस मार्टको उदेश्य रहेको छ ।
स्मरण रहोस, होटल तथा रेष्टुरेन्ट व्यवसायमा दशकाैं देखि नेपाली युवाहरूले लगानी गरेर राम्रै कमाइ गरिरहेका छन् भने नेपालको उत्पादनलाइ कुवेतको खाद्य गुणस्तर मापन पुरा गरेर अाैपचारिक रूपमा मार्ट संचालनमा ल्याइएको भने यो पहिलो हो ।


सम्बन्धित शीर्षकहरु

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

प्रतिकृयाहरू
...