Monday 12th October 2026

प्रधानमन्त्री दाहाल आज भारत जाँदै, प्रधानमन्त्रीको शपथग्रहणमा सहभागी हुने


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज छिमेकी राष्ट्र भारत प्रस्थान गर्दैछन् । आइतबार भारतमा हुने नयाँ प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो । भारतमा हालै सम्पन्न आमनिर्वाचनपछि नरेन्द्र दामोदरदास मोदी तेश्रोपटक प्रधानमन्त्री बन्दैछन् । आइतबार साँझ मोदीले प्रधानमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

सो समारोहमा भाग लिन जाने प्रधानमन्त्री नेतृत्वको टोलीमा प्रधानमन्त्री दाहालकी सुपुत्री एवम् स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारीहरु रहने जनाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मोदीले प्रधानमन्त्रीको शपथ लिएपछि आइतबारै प्रधानमन्त्री मोदी र दाहालबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दाहाल सोमबार स्वदेश फिर्ता हुनेछन् । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए । प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले…

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

प्रतिकृयाहरू
...