Monday 5th January 2026

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त


गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन्।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि उनी विसं २०८० वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

सोमबार सर्वोच्च अदातलतले नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

तत्कालीन सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिनुभएको थियो। साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७ सदस्य छन्।


सम्बन्धित शीर्षकहरु

तमु समाज कुवेतले एक भव्य कार्यक्रमका बिच तमु ल्होछार/ल्होसार २०२६ मनाएको छ । समाजले हिँजो २ फेब्रुअरी २०२६ शुक्रबारका दिन…

बिहीबार इरानी तीन शहरहरूमा प्रदर्शनकारीहरू र सुरक्षा बलहरूबीच झडप भएको छ, जसमा छ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ -…

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच आज एकता हुँदैछ। अध्यक्ष राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भई पार्टी छाडेका…

प्रतिकृयाहरू
...