Monday 28th September 2026

शिवशिखर सहकारीका सञ्चालकमाथि करिब ३३ अर्ब अपचलन गरेकोको आरोप


सहकारीका बचतकर्ताको रकम अपचलनको आरोप लागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्माविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।

सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित विभागले जिल्ला सरकारी वकिलको कार्यालय, भक्तपुरमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
सरकारी वकिलको कार्यालयले जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गर्नेछ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको शर्माविरुद्ध ३२ अर्ब ९० करोड विगो मागदाबीसहित अनुसन्धान प्रतिवेदन तयार पारेको स्रोतले जानकारी दिएको छ । सम्पत्ति शुद्धीकरणको अभियोगमा यो हालसम्मकै ठूलो विगोसहितको मुद्दा हो ।

विभागले शर्मासहित उनकी पत्नी गीता शर्मालाई पनि मुद्दा चलाएको छ । त्यसैगरी सबिना न्यौपाने, मन्दिप खवास, तेजबहादुर तामाङ, पुष्कर मल्ल, सुशिल बानिया र प्रदिप भट्टराईलगायत विरुद्ध पनि आरोप रहेको छ ।

उनले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, भक्तपुर, तल्सी बहुमुखी सहकारी, मोरङमा सर्वसाधारणले राखेको बचत अपचलन गरेको आरोप रहेको छ ।त्यो रकम शिखर अर्गनाइजेसन, गार्डेन मार्ट, शिवशिखर एग्रोलगायत १० कम्पनीको नाममा खडा गरेका थिए ।

ती कम्पनीको नाममा ५ अर्ब १३ करोड रुपैंया कृत्रिम ऋणमार्फत अपचलन गरेको विभागको आरोप छ । गार्डेन मार्ट तुलसी मोटर पम्प, तुल्सी अनुसन्धान केन्द्र तुल्सी राइस एण्ड च्यूरा उद्योग लगायतका कम्पनीको नाममा १ अर्ब १६ करोड रुपैंया थप अपचलन गरेको आरोप उनीमाथि छ ।

उनीमाथि ७ अर्ब ५८ करोड रुपैयाँ गैरकानुनी रुपमा प्राप्त गरेको आरोप पनि छ । केदारनाथ र गीता शर्मामाथि तुल्सी सहकारीको १६ करोड ९७ लाख अनि शिवशिखर सहकारीमा एक अर्ब ११ करोड रुपैंया अपचलन गरेको आरोप छ ।


सम्बन्धित शीर्षकहरु

अविरल वर्षापछि आएको पहिरोका कारण बागलुङमा पछिल्लो दुई दिनमा १० जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। आइतबार…

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

प्रतिकृयाहरू
...