Sunday 22nd March 2026

कविता:मुल्य


नसोध मलाई म कहाँ छु
आफैलाई खोज्दा हराएको छु
मनमा आफैलाई भेट्ने
सपना सझाएको छु

विपना खोज्न सक्दिन
सपनाले च्यापेको छ
सपनाको भुमरीमा
भौतिक शरीर थाकेको छ

तातो घामले पोल्दैन मलाई
तातो बालुवाको रापमा रमाएको छु
खोल्सिएका पैतालले दौडिएर
सपनाबाट बिउतिन खोज्दै छु

शरीर गलीसकेको छ
मस्तिष्क थाकीसकेको छ
हात लुला भइसकेको छ
तर, सपना जिउँदै छ
न सपना पूरा भएको छ
न विपनाको मूल्य छ
सपना र विपनको खोजीमा
जीवनको मुल्य हराएको छ ।

नारायण कोइराला
तानसेन पाल्पा
हाल,कुवेत


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...