Sunday 21st December 2025

कविता:मुल्य


नसोध मलाई म कहाँ छु
आफैलाई खोज्दा हराएको छु
मनमा आफैलाई भेट्ने
सपना सझाएको छु

विपना खोज्न सक्दिन
सपनाले च्यापेको छ
सपनाको भुमरीमा
भौतिक शरीर थाकेको छ

तातो घामले पोल्दैन मलाई
तातो बालुवाको रापमा रमाएको छु
खोल्सिएका पैतालले दौडिएर
सपनाबाट बिउतिन खोज्दै छु

शरीर गलीसकेको छ
मस्तिष्क थाकीसकेको छ
हात लुला भइसकेको छ
तर, सपना जिउँदै छ
न सपना पूरा भएको छ
न विपनाको मूल्य छ
सपना र विपनको खोजीमा
जीवनको मुल्य हराएको छ ।

नारायण कोइराला
तानसेन पाल्पा
हाल,कुवेत


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...