Wednesday 15th July 2026

कोशीमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान


कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । बुधवार राति सूचना जारी गर्दै प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते शुक्रबार अपराह्न ५:०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका छन् ।

कोशी प्रदेशसभाका ५२ जना प्रदेशसभा सदस्यले गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको, वैशाख १० गते मुख्यमन्त्री कार्कीलाई ३० दिन भित्र विश्वासको मत लिन निर्देशन दिएको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने सम्बन्धी सूचना प्रदेशसभा सचिवालयमा प्राप्त नभएको बेहोराको पत्र वैशाख २६ गते प्राप्त भएको आधार देखाउदै प्रदेश प्रमुख खापुङले नयाँ सरकारका लागि दुई दिनको समय दिएर प्रस्ताव आह्वान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार केदार कार्की २०८० असोज २७ मुख्यमन्त्री नियुक्त भएका थिए । उपधारा ५ अन्तर्गत गठन भएको सरकारको बहिर्गमनको स्पष्ट व्यवस्था नहुँदा मुख्यमन्त्री कार्कीले २ वर्षसम्म आफू नेतृत्वको सरकारलाई कसैले केही गर्न नसक्ने भन्दै विश्वासको मत नलिने र राजीनामा पनि नगर्ने अडान लिदै आएका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी। कुवेतको रक्षा मन्त्रालयले इरानसँगको जारी तनाव सुरु भएयता आफ्नो वायु रक्षा प्रणालीले ठूलो संख्यामा मिसाइल र ड्रोन आक्रमण…

इरानका प्रमुख वार्ताकार गालिबाफ : ‘युद्ध चाहँदैनौँ, तर राष्ट्रिय सुरक्षाका लागि अन्तिमसम्म लड्न तयार छौँ’ तेहरान। इरानका प्रमुख वार्ताकार मोहम्मद…

रियाद/साना। यमनका हुथी विद्रोही र साउदी अरबबीचको तनाव फेरि बढ्दै गएको छ। पछिल्ला वर्षहरूमा हुथीहरूले साउदी क्षेत्रलाई लक्षित गर्दै ड्रोन…

प्रतिकृयाहरू
...