Tuesday 29th September 2026

जसपा विभाजित, अशोक राईको नेतृत्वमा नयाँ दल गठन


सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ।

जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्।

स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्।

राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, प्रदीप यादव लगायत रहेका छन् । आफू पक्षीय सांसदको हस्ताक्षरसहित राई निर्वाचन आयोगमा पुगिसकेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार उप्रधानमन्त्रीसहित स्वास्थ्य रहेका अध्यक्ष उपेन्द्र यादव अमेरिकामा छन् ।

उनी नेपाल फर्किए लगत्तै वर्तमान सरकारबाट बाहिरिने तयारी गरेपछि राईले आफ्नै नेतृत्वमा नयाँ दल गठन गर्न लागेको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...