Tuesday 13th January 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः पहाडले स्वर्गलाई …


पहाडले स्वर्गलाई चुम्बन गरेको जस्तो देखियो
बिहानीको उज्यालोमा समुद्रको किनारमा बस्नु पर्‍यो
मैले तिमीलाई नदेखेसम्म पर्खेर बसे
एउटा मिठो सपना देखे र सोधे  
 
मैले तिम्रो लागि हृदयबाट प्रार्थना गरिरहे
मनबाट तिमिलाई प्रेम गरिरहे
जगत् भनेको प्रेम गर्ने व्यक्तिको खुला मुख हो
तिम्रा नशालु आँखाले मलाई घाइते बनायो
 
जिन्दगीले हरेक पल आशा दिन्छ
मेरो कुराकानीले तिम्रो मन खुसी हुन्छ
म सधैँ तिमीसँग कुरा गर्ने प्रयास गर्छु
म तिमीलाई धेरै धेरै विश्वास गर्छु
 
मेरो समय बितेको छ तिमीलाई खोज्न
शब्दहरू छैन म सँग लेखेर राख्न
पहाडले स्वर्गलाई चुम्बन गरेको जस्तो देखियो
बिहानीको उज्यालोमा समुद्रको किनारमा बस्नु पर्‍यो ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...