Sunday 10th August 2025

सुन्तले बचत कोष कुवेतले नेपालका आगलागी पीडितलाइ रू. २१ हजार १५५ सहयोग


सुन्तले बचत कोष कुवेतले नेपालका आगलागी पीडितलाइ रू २१ हजार १५५ सहयोग गरेको छ । आगलागी पीडित बाराहापोखरी २ सुन्तले बिसुन्तुङका भिम ब.राईलाई सुन्तले बचत कोषको टिमले सो रकम सहयोग गरेको कुरा केदार अाले मगरले तीतोपाटी डट कम लाइ जानकारी गराएका हुन् ।

बाराहपोखरी २ सुन्तले वडा कार्यलयमा वडाका वडासदस्य बम ब.दाहाल,समाजसेवी ध्यान कुमार राई,श्री ज्यू मा.बिका प्र.अ. दल ब.दाहाल,लेखापाल डिल्ली श्रेष्ठ,मेलमिलाप केन्द्रका सदस्य पुर्ण मगर,शिक्षक तिर्थ कुमार मगर,चन्द्र नारायण श्रेष्ठ लगायत स्थानिय अभिभावकहरुको उपस्थितमा सुन्तले बचत कोष कुवेतले संकलन गरेको सहयोग रकम समाजसेवी केदार आले मगरले आगलागी पीडित भिम ब. राईका श्रीमती रमा राईलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण पछि केदार आले मगरले सहयोगी मित्रहरु अनिल राई,जगत राना मगर,गुना राई,राम मगर,सुर्य राना मगर लगायत सम्पुर्ण सहयोगी मित्रहरुलाई यो सानो सहयोगको लागि धन्यवाद दिएका थिए।

स्मरण रहोस, सामाजिक र मानविय सेवाका कार्यमा सदा तत्पर केदार अाले मगरले यस अघि पनि अाप्रवासी श्रमिकहरूसँग सहयोग संकलन गरी शैक्षिक, सांस्कृतिक क्षेत्र तथा विपन्न र असहायहरूलाइ सहयोग गर्दै अाएका छन् ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण…

रबि केन्द्रमा, देशको राजनीतिक ध्रुवीकरण आज नेपालको राजनीति रबि लामिछाने वरिपरि घुमिरहेको छ। जसरी सत्ताको उन्मादले उनलाई निरन्तर अत्याचार गरिरहेको…

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजा युद्धविराम वार्तालाई जानाजानी तोडफोड गरेको आरोप लगाएको छ र पट्टीको पूर्ण सैन्य नियन्त्रण लिने…

प्रतिकृयाहरू
...