Sunday 18th January 2026

जन-जागृति युवा समाज कुवेतले नयाँ वर्ष २०८१ को भित्तेपात्रो सार्वजनिक गर्यो


तीतोपाटी – जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८१ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १४ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै आएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०८१ आज ५ अप्रिल २०२४ शुक्रबारको दिन कुवेतको फरवानिया पार्कमा विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनीधिहरू, पत्रकारहरूको विशेष उपस्थिति तथा जन-जागृतिका संरक्षक एवं सल्लाहकारहरू, कार्यकारीहरू तथा अधिकांश सदस्यहरूको समुपस्थिति सहित सार्वजनिक गरिएको हो ।

इस्लाम धर्मको पवित्र महिना रमदानको समय भएकोले अन्य तडक भडक कार्यक्रम नगरिकन नव वर्ष भित्रनु भन्दा केहि दिन अगावै सार्वजनिक गरिएको जन-जागृतिको भित्तेपात्रोमा नेपाली र अंग्रेजी पात्रोको साथमा नेपलाी तीथि, चाड, पर्व, विवाह एवं व्रतवन्ध मुहुर्त लगायत नेपाली दूतावास कुवेतको ठेगाना र जनजागृतिका स्थापनाकालदेखिका संरक्षक, सल्लाहकार तथा सदस्यहरूको नामावली समेत राखिएको छ । उक्त भित्तेपात्रो सार्वजनिक समारोह संस्थाका उपाध्यक्ष जिबन सुनारले संचालन गरेका थिए भने कार्यक्रममा उपस्थित सबैलाइ संस्थाका संरक्षक छत्र बहादुर कार्कीले जन-जागृति युवा समाज कुवेतले सथापनाकालदेखि गर्दै आएका कार्यहरूका बारेमा संक्षिप्त जानकारी गराएका थिए । त्यसै गरि पत्रकार लोमस बास्तोलाले कुवेतको नेपाली समाजमा जन जागृतिले एक छुट्टै पहिचान बनाइ सामाजिक र मानविय सेवाका कार्य गरेकोमा प्रशंसा गर्दै कार्य व्यस्तताले जन-जागृतिमा जोडिन नसकेपनि जन जागृतिका कार्यहरूलाइ नजिकबाट नियालिरहेको जनाउँदै जन-जागृति युवा समाजसँग हातेमालो र सहकार्य गर्ने बताए ।

स्मरण रहोस, कुवेतको नेपाली समाजको पहिलो सामाजिक संस्थाको रूपमा “जागरूक समाजकको खोज, जन-जागृति युवाको सोच” भन्ने मुल नाराको साथ सन २००९ गठन भइ कृयाशिल रहँदै आएको जन-जागृति युवा समाज कुवेतले जन-चेतना, राहत-उद्दार र सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ । संस्थाले आफ्नो वार्षिक कार्यतालिका अनुसार कुवेतको नेपाली समाजमा भित्तेपात्रो पकाशन गरि निःशुल्क वितरण गर्ने कार्य नियमित रूपमा गर्दै आएको छ भने, हाजिरीजवाफ तथा वक्तृत्वकला जस्ता वौद्दिक कार्यक्रम, गीत, गजल, कवित, मुक्तक जस्ता साहित्यिक कार्यक्रमहरू गरेको समाजले भने स्थापनाकालदेखि नै कुनै जातवर्ग, समुदाय, क्षेत्र वा धर्म संस्कृत तथा राजनैतिक पक्ष नलिइ भाइचारा र भातृत्वको भावनाले अभिप्रेरित भइ पुर्व मेची देखि पश्चिम महाकाली र उत्तर हिमाली क्षेत्र देखि दक्षिण तराइ सम्मका सम्पुणर् नेपालीहरूलाइ लक्षित गरि कर्मभूमि कुवेतमा अप्ठेरामा परेकाहरूलाइ विभिन्न किसिमले सहयोग गर्ने, कुवेतमा कृयाशिल संघ संस्थाहरूसँग हातेमालो र सहकार्य गर्दै नेपाली राजदूतावास संग समन्वय गरि अप्ठेरोमा परेर आर्थिक अभावको कारण नेपाल फर्कन नसकेकाहरूलाइ नेपाल फर्कन लाग्ने टिकटको व्यवस्था देखि मातृभूमि नेपालमा शोषित, पीडित, निर्धन र विपन्न वर्गलाइ लक्षित गरि वर्षेनी लाखौं रूपैयाँ सहयोग गर्दै आएको छ भने नेपालमा सहयोग गर्न आवश्यक भएर सहयोग संचालन गरिएका प्रोजेक्टहरूका लागि सहयोग अभियान संचालन गरेर आर्थिक सहयोग पनि गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...