Tuesday 29th September 2026

वाइडबडी विमान खरिदमा ‘भ्रष्टाचार’ : पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरिएको भन्दै ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
मुद्दा दायर गरिएकामा आपूर्तिकर्ता कम्पनीका आठ विदेशी नागरिक र २४ नेपाली छन् । उनीहरूले एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले पूर्वपर्यटनमन्त्री एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार, निगमका तत्कालीन सञ्चालक समिति सदस्यहरू शिशिरकुमार ढुंगाना, बुद्धिसागर लामिछानेलगायत व्यक्तिलाई प्रतिवादी बनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...