Tuesday 27th January 2026

इजरायल गाजामा युद्दविरामको लागि वार्ता गर्न सहमत


हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा मानिसहरूलाई तत्काल मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएपछि इजरायलले गाजामा यद्दविरामको लागि वार्ता गर्न सहमति जनाएको छ । गाजामा युद्धविरामको लागि नयाँ वार्ता गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शुक्रबार सहमति जनाएका हुन ।

वार्तामा अगाडि बढ्नका लागि दिशानिर्देशहरूको साथ इजरायलले वार्ता अन्त्य गरेको घोषणाको केही दिनपछि नेतन्याहूको कार्यालयले गाजा युद्धविराम र बन्धक रिहाइका लागि आगामी दिनमा दोहा र कायरोमा नयाँ वार्ता हुने जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले यसै साता ‘तत्काल युद्धविराम’ को माग गर्दै बाध्यकारी प्रस्ताव गरे पनि शुक्रबार पनि गाजास्थित अस्पताललगायत क्षेत्रमा लडाइँ जारी रहेको थियो । इजरायलले लेबनानमा हिजबुल्लाहका रकेट कमाण्डर मारिएको र सिरियामा हिजबुल्लाहका कैयौँ लडाकु मारिएको बताएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...