Thursday 22nd October 2026

युएनएससीमा चीनको प्रस्ताव पास, अमेरिका अनुपस्थित -ईजरायल अमेरिकासँग क्रुद्ध


गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) मा ल्याइएको प्रस्ताव स्वीकृत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाले यस प्रस्तावमा भएको मतदानमा भाग लिएन । जसको कारण अमेरिकासँग ईजरायल क्रुद्ध बनेको छ ।

चीनले सोमबार नै गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्ताव पेश गरेको जानकारी दिएको थियो । यसअघि अमेरिकाले ल्याएको प्रस्तावलाई चीन र रुसले भिटो गरेका थिए । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने कि चीनले यो मस्यौदा प्रस्तावलाई समर्थन गर्दछ। उनले यो प्रस्ताव तयार गर्न अल्जेरिया र अन्य अरब देशहरूको कडा मेहनतको प्रशंसा गरेको पनि बताए।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि गाजामा इजरायली हमलामा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भइसकेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यो तथ्यांक सार्वजनिक गरेको हो।

उता ईजरायल भने गाजा मामिलामा संयुक्त राष्ट्रसंघमा अमेरिकाको अडानप्रति आक्रोशित बनेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद् (UNSC_ ले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित गरेपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण नै रद्द गरिदिएको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषदमा अमेरिकाको अडानमा परिवर्तन आएपछि बेन्जामिन नेतान्याहुले यो निर्णय गरेको जनाएको छ । उनले अमेरिकाको अडानमा परिवर्तन भए भ्रमण रद्द गर्ने धम्की दिएका थिए ।

इजरायलको क्रोधको कारण यो प्रस्तावमा मतदानमा अमेरिकाको गैर-भिटो हो। सोमबार भएको मतदानमा अमेरिकाले भाग लिएन । यो प्रस्ताव चीनले ल्याएको हो । तर, व्हाइट हाउसले मतदान प्रक्रियामा सहभागी नहुनु अमेरिकाको नीतिमा परिवर्तन नभएको बताएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले पनि अमेरिकाले आफ्नो निर्णयबारे इजरायलसँग कुरा गर्ने बताए ।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...