Friday 10th January 2025

कमल राष्ट्रिय सुकर्म पुरस्कार डा. रचेललाई


सम्वाददाता – शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउदै आएको शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले २०८० सालको ” कमल राष्ट्रिय सुकर्म पुरस्कार नगद रू. ५१ हजार ” युनाइटेड मिसन अस्पताल ,पाल्पाकी प्रमुख डा. रचेल कारखलाई प्रदान गरेको छ । पाल्पाको तानसेनमा आयोजित पुरस्कार समर्पण कार्यक्रममा प्रमुख अतिथि अग्रज लेखक साहित्यकार झपेन्द्र बहादुर जि.सी.द्वारा पुरस्कार समर्पण गरियो । पुरस्कार समर्पण पछि सम्वोधनको क्रममा प्रमुख अतिथि जि.सी,ले ” ” भन्दै प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । बिशिस्ट अतिथिको रूपमा बोल्दै प्रतिष्ठानका संरक्षक एवं पुरस्कारदाता प्रकाश राज रेग्मीले ,” पिताजी कमल राज रेग्मीले गरेको राजनीति सामाजिक र साहित्य सेवालाई चिरस्थायी बनाउन यो पुरस्कार स्थापना गरेको , ममतामयी माता विमला रेग्मी नर्स समेत रहेकोले स्मृतिमा नर्सिङ पुरस्कार र विधार्थीहरूलाई छात्रवृत्ति दिएको , आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनेछ ” भनी बताउनु भयो ।

पाल्पाका अगुवा राजनीतिज्ञ एवं दार्शनिक साहित्यकार स्व. कमल राज रेग्मीको स्मृतिमा सुपुत्र प्रा.डा. प्रकाश राज रेग्मीद्वारा स्थापित कमल राज रेग्मी बर्ष पुरस्कारद्वारा साहित्यकार झपेन्द्र बहादुर जि.सी. , बैधराज बिश्वमान बज्राचार्य , समाजसेवी राधा भारती , कलाकार अशोक मान सिंह र शिक्षाविद बुद्धिप्रसाद शर्मा ससम्मान पुरस्कृत भइसक्नु भएको छ भने यस बर्षदेखि नाम रूपान्तर गरी ” कमल राष्ट्रिय सुकर्म पुरस्कार ” प्रदान गरिएको हो ।

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानमा शिक्षा स्वास्थ्य साहित्य र स्वयंसेवाका क्षेत्रमा गरि १० वटा पुरस्कार , सम्मानहरू स्थापना भएका छन् । यी पुरस्कारहरू प्रतिष्ठानले हरेक बर्ष मंसिर पूर्णिमाको सेरोफेरो वार्षिक दिवसको अवसरमा प्रदान गर्दै आइरहेको छ भने राजनीतिज्ञ साहित्यकार कमल राज रेग्मीको नाममा स्थापित पुरस्कार विभिन्न अवसर पारेर विगत ६ वर्षदेखि प्रदान गर्दै अाइरहेको छ । यसै गरि स्थापनाकालदेखिनै विमला रेग्मी स्वास्थ सेवा पुरस्कारद्वारा उत्कृष्ट नर्सलाई पुरस्कृत गर्दै आएको छ । यसका साथै विमला कमल चार बर्षे शैक्षिक छात्रवृत्तिद्वारा विधालय र कलेजका गरी डेढ दर्जन विधार्थीहरू लाभान्वित भएका छन् ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य भोजराज भट्टराईद्वारा पुरस्कृत व्यक्तितब छनौट प्रक्रिया र डा. रचेल कारखमाथि प्रकाश पारिएको थियोे भने साहित्यकार रामप्रसाद अर्यालले स्व. कमल राज रेग्मीको योगदान र सदावहार कमलको सुवास कृति माथि चर्चा गर्नुका साथै साहित्यकार कमल खत्रीद्वारा स्व. विमला रेग्मीको योगदान र आमाका अविस्मरणीय अतित र म कृति माथि प्रकाश पारिएको थियो ।

पुरस्कृत भएपछि बोल्ने क्रममा डा. कारखले,” विदेशी नागरिक आफूलाई योगदानको आधारमा पुरस्कृत गरेकोमा आभार सहित हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ” कार्यक्रममा नेपाल पत्रकार महासंघका उपसभापति भरत शर्मा , तानपा ८ का वडा अध्यक्ष साहित्यकार सोमनाथ अर्याल , मिसन अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराई द्वारा सम्मानित व्यक्तित्वलाई बधाई ज्ञापन, प्रतिष्ठानलाई उत्तरोत्तर प्रगतिको शुभकामना र स्व कमल राज रेग्मी प्रति हार्दिक शव्द श्रद्धाञ्जली व्यक्त गरिएको थियोे । प्रतिष्ठानका अध्यक्ष साहित्यकार पुष्कर अथक रेग्मीको अध्यक्षता र उपाध्यक्ष रोहित प्रसाद ज्ञवालीको स्वागतमा आयोजित कार्यक्रमको संचालन प्रतिष्ठानका महासचिव चन्द्रकान्त न्यौपानेद्वारा गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

च्याट जीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनीले यौन शोषणको आरोप लगाएकी छन्। यस मामिलामा सामकी बहिनी एन ओल्टम्यानले…

कुवेत: कुवेतले HH अमिर शेख मेसल अल-अहमद अल-जाबेर अल-सबाहको निर्देशनद्वारा निर्देशित महिला सशक्तिकरणको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै 2024 को…

नेपाल सरकार ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउने कसरत शुरू…

प्रतिकृयाहरू
...