Tuesday 24th March 2026

मस्को आक्रमणमा मर्नेको संख्या १३३ पुग्यो, ४ बन्दुकधारी पक्राउ


मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । शुक्रबार राति भएको सो आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या १३३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर) ले जानकारी दिएको हो।

कन्सर्ट हल आक्रमणमा परेका दर्शकहरू अझै १४० भन्दा बढी घाइते छन् । घाइतेहरूकोघाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले जनाएको छ। आन्तरिक मामिला मन्त्रालय र सङघीय सुरक्षा सेवाको परिचालन एकाईहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ।

रूसी अधिकारीहरूले कुल ११ जनालाई हिरासतमा लिएको र चार बन्दुकधारीहरूलाई युक्रेनतर्फ जाँदै गर्दा पक्राउ गरिएको बताएका छन् ।

इस्लामिक स्टेट (आईएस) समूहले आक्रमणको पछाडि आफ्नो हात रहेको बताएको छ ।
घटनाको जिम्मेवारी इस्लामिक स्टेट समूह (आइएसआइएस) ले लिएको र आफ्ना लडाकुहरूले आक्रमण गरेर सकुशल आफ्नो स्थानमा फर्किएको बताएको छ। सो घटनामा संलग्न चार जनालाई पक्राउ गरिएको छ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...