Wednesday 28th January 2026

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुदै


अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने भएको छ ।संस्थाले तेस्रो क्षेत्रीय सम्मेलनबारे विज्ञप्ति निकालेर जानकारी दिएको हो । संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले निकालेको विज्ञप्तिअनुसार सम्मेलन अप्रिल २७ र २८ तारिख हुनेछ ।

तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा गर्ने समाजको दोस्रो बैठकले निर्णय गरेको हो । एक कार्यकालमा एक क्षेत्रीय सम्मेलन गर्ने समाजको लक्ष्यअनुरुप यो कार्यकालमा युरोपमा हुन लागेको हो।

यसअघि पहिलो क्षेत्रीय सम्मेलन सन् २०१८ को अप्रिल २६ देखि २८ तारिखसम्म कतारमा र दोस्रो क्षेत्रीय सम्मेलन सेप्टेम्बर २४ देखि २६ तारिखसम्म दक्षिण कोरियामा भएको थियो । त्यसयता कोरोना महामारी लगायतका कारण सम्मेलन हुन सकेको थिएन ।

तेस्रो सम्मेलनका लागि आयोजक राष्ट्र झापाली समाज माल्टाले भव्य तयारी सुरु गरेको छ । सम्मेलनमा विश्वभरि रहेका झापालीलाई एकीकृत गर्दै आपसी भाइचारा बढाउँदै पहिलो र दोस्रो क्षेत्रीय सम्मेलनमा घोषणा गरिएको बृहत लगानीलाई मूर्तरुप दिन गृहकार्य गर्ने जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...