Tuesday 24th March 2026

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुदै


अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने भएको छ ।संस्थाले तेस्रो क्षेत्रीय सम्मेलनबारे विज्ञप्ति निकालेर जानकारी दिएको हो । संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले निकालेको विज्ञप्तिअनुसार सम्मेलन अप्रिल २७ र २८ तारिख हुनेछ ।

तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा गर्ने समाजको दोस्रो बैठकले निर्णय गरेको हो । एक कार्यकालमा एक क्षेत्रीय सम्मेलन गर्ने समाजको लक्ष्यअनुरुप यो कार्यकालमा युरोपमा हुन लागेको हो।

यसअघि पहिलो क्षेत्रीय सम्मेलन सन् २०१८ को अप्रिल २६ देखि २८ तारिखसम्म कतारमा र दोस्रो क्षेत्रीय सम्मेलन सेप्टेम्बर २४ देखि २६ तारिखसम्म दक्षिण कोरियामा भएको थियो । त्यसयता कोरोना महामारी लगायतका कारण सम्मेलन हुन सकेको थिएन ।

तेस्रो सम्मेलनका लागि आयोजक राष्ट्र झापाली समाज माल्टाले भव्य तयारी सुरु गरेको छ । सम्मेलनमा विश्वभरि रहेका झापालीलाई एकीकृत गर्दै आपसी भाइचारा बढाउँदै पहिलो र दोस्रो क्षेत्रीय सम्मेलनमा घोषणा गरिएको बृहत लगानीलाई मूर्तरुप दिन गृहकार्य गर्ने जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...