Monday 1st June 2026

खोटाङका क्यान्सर पीडित सुखमान राईको उपचारार्थ रू २ लाख २२ हजार ९ सय ३९ रूपैयाँ सहयोग


खोटाङका क्यान्सर पीडित सुखमान राईको उपचारार्थ रू २ लाख २२ हजार ९ सय ३९ रूपैयाँ सहयोग गरिएको छ । सो रकम मध्यपूर्व र मलेशिया लगायतका देशमा रहेका श्रमिकहरूले संकलन गरि सयहोग गरेको कुरा कुवेत स्थित केदार आले मगरले बताएका हुन् । उक्त रकम सहयोग गर्न क्यान्सर पीडित सुखमान राई बचाउ अभियान टिम नै बनाएर अभियान चलाइ संकलन गरिएको थियो । घरायसी आर्थिक अबस्था कम्जोर भएका राइको उपचारमा रु २२२,९३९ सहयोग गरेको छ । विभिन्न देशमा रहेका अाप्रवासी श्रमिकहरूको अगुवाइमा संकलन गरिएको उक्त रकम क्यान्सर पीडित राइको छोरीलाइ हस्तान्तरण गरिएको छ ।
गत जनवरी २१, २०२४ बाट शुरू गरिएको सहयोग अभियान यहि मार्च १८, २०२४ मा समापन गरि सहयोग रकम हस्तान्तरण गरिएको सहयोग अभियानमा कुवेतबाट अगुवाइ गरेका केदार अाले मगरले तीतोपाटी डट कमलाइ जानकारी दिएका छन् ।

यस क्यान्सर पीडित सुखमान राई बचाउ अभियानमा विभिन्न देशमा रहेर पनि अभियान्ताहरुले साथ सहयोग दिएका थिए। सहयोग संकलन गर्न मलेसियाबाट प्रकाश बन्जारा,पुकल श्रेष्ठ,कतार बाट हरि श्रेष्ठ,साउदिबाट सन्देश मगर,कुवेतबाट गुना राई लगायतले विशेष भुमिका निभाएका थिए भने नेपाल बाट ध्यान कुमार राई,इश्वर बन्जारा लगायतले मुख्य भुमिका निभाएका थिए भने कुवेतबाट केदार आले मगरले मुख्य भुमिका निभाउदै कतार,मलेसिया,साउदी,कुवेत,अमेरिका,दुबई नेपाल लगायत बिभिन देशमा कार्यरत सहयोगी मनहरुले आफुले सकेको सहयोग गरेका थिस्।

दुइ महिना लामो सहयोग अभियान संचालनपछि संकलन भएको रकम समाजसेवी चन्द्र कुमार राई, ईश्वर बन्जारा, केदार आले मगर,प त्रकार राम मगर, बविता बान्तवा राई लगायतको उपस्थितिमा यहि १८ मार्च २०२४ (२०८० चैत्र ५ गते) का दिन बिरामी सुखमान राईकी छोरी निशा राईको निवासमा बिरामी सुखमान राई (डाडाघरे कान्छा) र छोरी निशा राईलाई हस्तान्तरण गरिएको अभियन्ता केदार अाले मगरले बताए ।

यस क्यान्सर पिडित सुखमान राई बचाउ अभियान यहि मिति २०८०/१२/५ गते (२०२४ मार्च १८ तारिक)देखि बन्द गरिएको र अब उपारन्त कहि कतै निज पीडितको नाममा सहयोग संकलन गरिएको पाईएमा यस अभियान टिम जवाफदेहि नहुने पनि क्यान्सर पीडित सुखमान राई बचाउ अभियान टिमले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतीय सञ्चारमाध्यम Aaj Tak ले हालै नेपालको सीमा विवादसम्बन्धी विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई मुख्य समाचार…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानलाई “पूर्ण र बिना सर्त आत्मसमर्पण” गर्न चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले आफ्नो…

हालसम्म सार्वजनिक भएका विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूका अनुसार, Ali Al Salem Air Base मा इरानले प्रहार गरेको भनिएको एक Fateh-110 ब्यालिस्टिक…

प्रतिकृयाहरू
...