Sunday 3rd May 2026

सुन तस्करी प्रकरणमा मुछिएका कृष्णबहादुर महरा पक्राउ


सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । रुपन्देहीमा पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदै छ ।

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीले महरालाई लुम्बिनीबाट नियन्त्रणमा लिएको हो । रोल्पा जान लागेका उनलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो । भारत पस्नसक्ने आशंकामा महरालाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।

गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन हिजो प्रहरीलाई निर्देशन दिएका थिए । सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान गृहमन्त्री लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका हुन् ।

जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने गरी कारबाही गर्न लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका थिए ।

साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट-भेपमा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, उनका छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए


सम्बन्धित शीर्षकहरु

अमेरिका–इरान सम्बन्ध फेरि एक निर्णायक मोडमा पुगेको संकेत देखिएको छ। इरानले पाकिस्तानमार्फत “एक पटक र सधैंका लागि युद्ध अन्त्य गर्ने…

नेपालमा सार्वजनिक संस्थान, बोर्ड, परिषद्, प्रतिष्ठान, विश्वविद्यालय र विभिन्न नियामक निकायहरूको संख्या वर्षौंदेखि बढ्दै गएको छ। अहिले सार्वजनिक बहसको केन्द्रमा…

मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक भएको छ । पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ…

प्रतिकृयाहरू
...