Wednesday 28th January 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः नेपाल मातालाई


नेपाल मातालाई संसारमा चिनाउनु छ 
नेपाल आमाको सुपुत्र हु देशको सेवा गर्नु छ
मलाई मेरो देशको माटो प्यारो लाग्छ 
सबैले मिलीजुली देश बनाउनु छ  
 
विश्वमा शान्ति फिँजाउने बुद्ध भूमि हो यो
बचाई राख्छौँ शान यो,स्वतन्त्र हाम्रो निशानको
पुर्खाहरूले सत लजदेखि टिस्टासम्मको भूमि आर्जियाको
हामीले गौरव गर्छौ सधैँ नेपालीपनको
 
मेरो मनमा सुन्दर भूभाग बसेको छ
यी हातले सधैँ यो देशको नाम लेख्नु छ
नेपाल मातालाई संसारमा चिनाउनु छ
नेपाल आमाको सुपुत्र हु देशको सेवा गर्नु छ ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...