Thursday 1st October 2026

अमेरिकी राष्ट्रपतिका लागि फेरि बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने


एजेन्सि-अमेरिकी इतिहासमै लगातार दोस्रो पटक राष्ट्रपति पदका लागि एकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । डेमोक्याट्रिक पार्टीबाट बर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प नै उम्मेदवार हुने पक्का भएको हो ।

डेमोक्याट्रिक पार्टीबाट बाइडेनको पहिला नै उम्मेदवारी निश्चित जस्तै भए पनि ट्रम्पलाई भने पार्टीमा चुनौतीहरु रहेका थिए । उक्त सबै चुनौतीहरुलाई पछि पार्दै ट्रम्प नै रिपब्लिकन पार्टीबाट उम्मेदारको रुपमा अगाडि आएका छन् ।

अन्तिसम्म प्रतिस्पर्धामा रहेकी निक्की हेली चुनावी मोर्चाबाट हटेपछि ट्रम्पलाई सहज भएको हो । अमेरिकाको ७० वर्षको इतिहासमा पहिलो पटक लगातार दुई चुनावमा एउटै उम्मेदवार हुने छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पनि डोनाल्ड ट्रम्प र बाइडेनबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो । अमेरिकामा डेमोक्याट्रिक र रिपब्लिकन पार्टीहरूले राष्ट्रपति पदका लागि प्राथमिक चुनावहरू जित्ने उम्मेदवारलाई मात्रै उम्मेदवार बनाउँछन् ।

बाइडेनलाई डेमोक्रेट क्याम्पबाट मनोनयन दौड जित्न १९६८ प्रतिनिधि चाहिन्छ । जर्जिया बाहेक मिसिसिपी, वाशिंगटन राज्य, उत्तरी मारियाना टापुहरूमा पनि बाइडेनको राम्रो समर्थन छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पलाई धेरै प्रमुख राज्यहरूमा राम्रो समर्थन मिलिरहेको छ । उम्मेदवारी स्वीकृत भएपछि बाइडेनले भने ट्रम्पको अभियानलाई ‘आक्रोश र बदलाको अभियान’ संज्ञा दिएका छन् ।

चार वर्षअघि सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएका थिए । पहिलो पटक क्यापिटल हिलमा ठूलो अशान्ति भएको थियो । अहिले पनि क्यापिटल हिल प्रकरणका आरोपीहरुलाई सजाय तोकिएको छ । ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएमा क्यापिटल हिल प्रकरणमा दोषी ठहरिएकालाई साजय माफ गर्ने बताइसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...