Tuesday 20th October 2026

कुवेतको मंगाफमा हातेमालो नेपाली रेष्टुरेण्टको शुभारम्भ


कुवेतको मंगाफमा हातेमालो नेपाली रेष्टुरेण्टको शुभारम्भ भएको छ । हातेमालो नेपाली रेष्टुरेण्ट कल्याणकारी नेपाली युवा समाज कुवेतका अध्यक्ष सुवास श्रेष्ठले संचालनमा ल्याएका हुन् । उक्त रेष्टुरेण्टको गत मंगलबार ५ मार्च २०२४ का दिन एनअारएनए कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल तथा कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी/प्रतिनिधि, पत्रकार, खेलाडी, कलाकार एवं सिंगो कल्याणकारी नेपाली समाजका अधिकांश सदस्यहरूको उपस्थितिमा एक समारोहका बिच रिबन काटेर शुभारम्भ गरिएको हो ।

हातेमालो नेपाली रेष्टुरेण्टले स्वादिष्ट नेपाली परिकारका अलावा, इन्डियन, अरबिक, चाइनिज, इटालियन, फिलीपिनी र कन्टिनेन्टल खानाको परिकारसमेतको सेवा दिने बताएको छ भने रेष्टुरेण्टका संचालक सुवास श्रेष्ठले मंगाफ एरियामा नेपाली खानाका पारखीहरूका लागि नेपाली खानाको अभाव खट्किएको महशुष गरि यो रेष्टुरेण्ट खोलिएको भए पनि सबै प्रकारका ताजा र स्वादिष्ट खानाका परिकारले सेवाग्राहीलाइ सन्तुष्ट गराउने उद्देश्य लिएर हातेमालो नेपाली रेष्टुरेण्ट संचालन गरेको बताएका छन् ।

बिहानको नास्तादेखि रात्रीकालिन डिनरसम्मका सबै परिकार परोस्ने जमर्को गरिएको बताउँदै संचालक श्रेष्ठले प्रवासी श्रमिकले सहज रूपमा खान सक्ने सस्तो मुल्यमा ताजा र स्वादिष्ट परिकार हातेमालोले उपलब्ध गराउने बताए । हातेमालो स्पेसल डिसहरू समेत राखिएको उक्त रेष्टुरेण्ट मंगाफको चिर परिचित ठाउँ सुल्तान सेन्टरको पछाडिपट्टी ग्र्याण्ड हाइपरको साइडमा रहेको छ भने शान्त, सफा र पारिवारिक वातावरणमा एकै ठाउँमा सबै प्रकारका खानाका परिकारहरूको स्वाद लिन पाइनेछ ।

वैदेशिक रोजगारीको क्रममा कुवेतमा अाएर श्रम गरेर बसेका नेपाली युवावर्गले प्रवासमा श्रम बेचेर कमाएको रकम जम्म गरेर लगानी गर्ने क्रम बढिरहेका बेला मंगाफ एरियामा पहिलोपल्ट उक्त नेपाली रेष्टुरेण्ट संचालनमा अाएको हो । त्यसो त यस अघि नै दर्जनाै नेपालीहरूले रेष्टुरेण्ट व्यवसायमा लगानी गरेर राम्रै अाम्दानी गरे पनि मंगाफ क्षेत्रमा भने नेपाली रेष्टुरेण्टको अभाव नै थियो । हाल कुवेतमा नेपाली युवा वर्गले रेष्टुरेण्टका अलावा रेडिमेड कपडाका फेन्सी पसल समेत संचालन गरिसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...