Wednesday 25th March 2026

एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याल (जोन) साउदी अरबका लागि पर्यटन दूतमा नियुक्त


तीतोपाटी डटकम- साउदी अरव,नेपाल सरकारले एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याल (जोन) लाई साउदी अरबका लागि पर्यटन प्रवर्द्धक ( पर्यटन दूतमा ) नियुक्त गरेको छ । अर्याल नेपाल सरकारको फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट सो पदमा नियुक्त गरिएको स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता हेमराज तामाङद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्याललाई फागुन १७ गते विज्ञप्ति जारी गरेर सदभावना दूत नियुक्त गरेको हो । उनलाई सदभावना दूत निर्देशिका पहिलो संसोधित दफा ३ उपदफा १ बमोजिम सो पदमा नियुक्त गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नवनियुक्त पर्यटन दूत अर्याल एनआरएनए मध्यपूर्वका संयोजकसमेत हुन । नियुक्तिपछि अर्यालले साउदी अरेबियामा नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्धनमा जती सक्दो धेरै योगदान गर्ने बताए ।
नेपालमा पाल्पा जिल्ला स्थायी घर भएका अर्याल लामो समय देखि साउदी अरबमा ब्यावसायसँगै सामाजिक क्षेत्रमा सक्रिय छन । साउदी अरबका नेपालीहरुलाई सामाजिक, आर्थिक, नैतिक सबै प्रकारका सहयोग गर्दै आएका अर्याल साउदीका एक सफल व्यवसायी पनि हुन ।
एनआरएनए मध्यपुर्व संयोजक अर्यालले आफु पहिलेदेखि नै सामाजिक क्षेत्रमा कृयाशिल रहदैं आएको र नेपाल सरकारले अझै थप जिम्मेवारी दिएकोमा सरकारलाई धन्यबाद दिदैं आफ्नो तर्फबाट पर्यटन परवर्दंनका लागी जतिसक्दो धेरै काम गर्ने बताए ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...