Sunday 22nd March 2026

कुवेतमा नेपालीको संख्या १ लाख ७ हजार भन्दा बढी


तीतोपाटी डट कम – कुवेतमा नेपाली श्रमिकको संख्या १ लाख ७ हजार भन्दा बढि पुगेको छ । नेपाली राजदूतावास कुवेतले अायोजना गरेको श्रमिक सचेतना कार्यक्रममा तथ्यांकगत प्रस्तुति दिंदै दूतावास उपप्रमुख एवं काउन्सिलर सुजनी रानाले नेपाली कामदारको जनसंख्या एक लाख सात हजार कटेको जानकारी दिएकी हुन् ।

कुवेत सरकारको तथ्यांक अनुसार उक्त संख्यामा संगठित क्षेत्र अन्तर्गत कम्पनीहरूमा कार्यरत नेपालीहरूको संख्या ७७ हजार रहेको छ भने घरेलु कामदारको संख्या ३० हजार रहेको जनाइएको छ ।

कोरोनाकाल पछाडि कुवेतमा श्रम गर्न अाउने नेपालीको संख्या ह्वात्तै बढेको यो तथ्यांकले देखाउँछ भने सन २०१७ देखि नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाउँदा पनि ३० हजार भन्दा बढी घरेलु कामदार कुवेतमा कार्यरत रहेको तथ्यांक सार्वजनिक हुनुले घरेलु कामदारको रूपमा खाडीमा नेपालीलाइ काम गर्न नपठाउने नेपाल सरकारको निर्णय कार्यन्वयन नभएको देखाउँछ ।

यसरी वैदेशिक रोजगारीमा नेपाली युवा युवतीको अागमनले पक्कै पनि श्रमिकका घरपरिवार, समाज र नेपाल सरकारलाइ पनि विप्रेशणको माध्यमबाट अार्थिक टेवा पुगेको भए पनि परदेशमा नेपालीहरू विकृति र विसंगतिमा लागिरहेका खबरहरूले नेपाल र नेपालीको गरिमालाइ घटाउँछ । त्यसैले वैदेशिक रोजगारीको राम्रो गन्तव्य मानिएको कुवेतमा श्रमिकहरूको स्तरोन्नति र श्रमिक सुरक्षाका लागि सम्बन्धित पक्षसंग समन्वय गर्दै श्रमिक सचेतना बढाएर अवैधानिक र गैरकानुनी कृयाकलापमा फस्नबाट नेपालीहरूलाइ बचाउन सरोकारवाला सबैले सचेतानामुलक कार्यक्रम गरि नेपालीहरूलाइ सुरक्षित र सुसंस्कृत बनाउन पनि जरूरी छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...