Saturday 7th March 2026

फेरि खाडीमा छु भन्दा साथीहरु अचम्मित हुनु स्वभाविक हो


नारायण कोइराला – इस्वी सन २००६ मा मुम्बईबाट युएईको लागि जहाज चढ्दा मेरो खुशीको सिमाना थिएन।घर परिवार पनि एउटा युद्ध जिते जस्तै खुसी थिए।जहाजमा बसेर कल्पना गरेको थिएँ।केही समय युएई बसेर देश फर्कन्छु अनि देशमा केही गरेर घरै बस्छु।त्यति बेला देशमा माओवादीको आतङ्क थिए।केही गर्न सक्ने अवस्था थिएन।की त बन्दुक समाउनु पर्ने अवस्था थियो।की देश छोड्नु पर्ने।यो अवस्थामा म देश छोड्ने कुरातिर ध्यान दिएँ।युएई पुगेँ पनि।सबै भने जस्तो नै चलेको थियो।

समय बिताउँदै जाँदा धेरै पल्ट देशजाने सोच पनि आए । मानिसको जिन्दगी समस्याको जड जस्तो लाग्यो । एक पछि अर्को वर्ष गर्दागर्दै डेढ दसक बितेको पत्तै भएन । डेढ दशकको लामो बसाईमा मेरा र घर परिवारका धेरै सपना पूरा भए । मेरो पुरानो सपना भने अझै बाँकी थियोप – देशमै केही गर्ने ।
युएईबाट गएपछि त्यसको पहल सुरु पनि भयो । अहिले भने देशमा गोला बारूद आतङ्क सकिए छ । देशमा शान्ति नै छ । शान्तिमा सुख भन्ने शब्द जोडन हतार नगरौं । २००६ तिर युएई लाग्दा आतङ्क मच्चाउने माओवादी पटक पटक सरकारमा पुगेको अवस्था पनि छ । यसले पनि देशमा केही फरक परेको देखिँदैन । समस्या देशको शासन व्यवस्थामा छ कि ? अाफैमा छ त्यो बुझ्न नसकिरहेको अवस्था छ । जति पनि स्वदेशमा केही गरौं न त भनेर फर्केकाहरु एक एक गरी पुनः विदेश नै जाने तयारी गरिरहेका छन भने कतिपय धेरै जसो गईसकेका छन । तिनीहरुलाई न उमेरले रोकेको छ, न देशको मायाले । त्यो मध्यको नेपालमा केही गर्छु भन्दा असफल भएकोमा म पनि परेको छु । हातमा शीप भएर के गर्नु ?

शीप बेच्ने बाजार नेपालमा खुलिसकेको रहेनछ । नेपालमा शीप भन्दा बढी इमान, धर्म, जातिको बिक्री हुँदोरहेछ । न मसँग इमान बेच्ने तरिका छ । न कोही किन्ने व्यापारीसंग मेरो सम्बन्ध छ । भ्रष्टचारको राम्रो व्यापार रहेछ । भ्रष्टचार गर्ने छाता संगठन राजनीतिकदलसँग पनि सम्बन्ध गाँस्न इमान नै बेच्नु पर्ने रहेछ । कसरी बेच्ने? त्यसको पनि केही सर्त र क्षेत्र हुँदारहेछन् । कति इमान बेच्न सक्छ? त्यो आफै निर्णय गर्न नसकिने छाता संगठनमा हुनुपर्ने । आफै पसिना बगाउछु भन्दा पसिना त बग्ने त्यसको प्रतिफल शून्य हुने । यो सबै वेदना त्यसलाई थाहा छ, जसले भोगेको छ अनुभव गरेको छ ।

देशमा केही गर्न सकिएन भनेर आफ्नो जिम्वेवारीबाट भाग्न पनि नसकिने । विकल्प पुनः परदेशी बन्नु नै जस्तो लाग्यो । परिवार दबाब, उमेरको शिथिलता सबै कुराले सताउँदा पनि त्यसलाई नजर अन्दाज गर्नुपर्ने । मानसिक तनावलाई झेल्दै कठोर निर्णय लिनु पर्ने । कठोर निर्णयको साथ विदेश आउन झेल्नुपर्ने कुरा त आफ्नो ठाउँमा छ नै । नेपालमा सबै कुरामा फेल भएको महसुस पछि म जाहाज चढ्ने निर्णयमा पुगेँ । परदेशी श्रमिक भएर जाहाजमा उड्ने सबै कागजपत्र तयार भएर विमानस्थल पुग्दा म अचम्मित भइन । अठार वर्षका कलिला केटाकेटी देखि उमेरले पाका भएका श्रमिकहरू बिमानस्थलमा भीड लागेको थियो । २००६ को उडान मुम्बईबाट थियो । त्यो बेला सबै साथीभाई इष्टमित्रले वाहा!विदेश गयो भनेर खुसी प्रकट गरेका थिए । ममा पनि खुसी जोस,जागर थियो । त्यसको विपरीत २०२४ मा उड्दै गर्दा साथीहरु अचम्मीत थिए, फेरि विदेश भनेर । म भने “बाध्यतामय थिएँ ।” जहाज र देश फरक थियो । उद्देश्य भने एउटै परदेशी श्रमिक बन्नु।

नारायण कोइराला
तानसेन,पाल्पा
हाल:कुवेत


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...