Wednesday 13th May 2026

६५ वर्षपछि संयुक्त राष्ट्रसंघमा सबैभन्दा धेरै शान्ति सैनिक पठाउने पहिलो देश बन्यो नेपाल


संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपालले सहभागिता जनाउन थालेको ६५ वर्षपछि शान्ति सैनिक पठाउने मुलुकमा नेपाल पहिलो बनेको छ।

केही दिन अघि यूएन पिसकिपिङ वेबसाइटले दिएको जानकारी अनुसार शान्ति मिसनमा सैनिक पठाउने मुलुकमा नेपाल पहिलो बनेको उल्लेख गरिएको छ।
सन् २०२३ को नोभेम्बर ३० बाट शान्ति मिसनमा नेपाली सैनिकहरु अन्य मुलुकका भन्दा बढी रहेका छन्।

सैनिक जनसम्पर्क निर्देशनालयले दिएको जानकारी अनुसार नेपालबाट अहिले ६ हजार २ सय ४७ जना सैनिकहरु द्वन्दग्रस्त विभिन्न मुलुकमा शान्ति स्थापनाका लागि खटिएका छन्। राष्ट्रसंघको आह्वानमा १ सय २० भन्दा बढी मुलुकले शान्ति मिसनमा सुरक्षाकर्मी पठाउँदै आएका छन्।

नेपालबाट पनि नेपाली सेनाका अतिरिक्त नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि शान्ति स्थापनाका लागि खटिएका छन्। नेपाल सन् १९५५ मा राष्ट्रसंघको सदस्य भएको थियो। १९५८ देखि नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा पर्यवेक्षक पठाएर पहिलोपटक सहभागी भएको हो।

सेनाले सन् १९७३ देखि इजरायल र इजिप्टको सीमा साइनाइमा फौज पठाएको थियो। त्यहाँ खटिएको पुरानो गोरख गण नै शान्ति स्थापक मिसनमा नेपालको पहिलो फौजी मिसन हो।

यूएन पिसकिपिङ वेबसाइटले दिएको जानकारी अनुसार नेपालपछि बंगलादेश ६ हजार १ सय ९७ शान्ति सैनिक खटाउँदै दोस्रो नम्बरमा परेको छ। भारत ६ हजार ७३ शान्ति सैनिक पठाएर तेस्रो नम्बरमा छ।

यस्तै, चौथोमा रुवान्डा, पाँचौंमा पाकिस्तान, छैटौंमा इन्डोनेसिया, सातौंमा घाना, आठौंमा इजिप्ट नवौमा नम्बरमा मोरक्को रहेका छन्। नेपाली सेनाका अनुसार हालसम्म ४४ वटा मिसनहरूमा १ लाख ४९ हजार ८ सय ९० जना सैनिक खटाइसकेको छ।

सेनाले इन्जिनियर, मेडिकल टोली र स्पेसल फोर्स टोलीसमेत पठाएको छ। नेपालले सिरिया, लिबिया, इराक, कंगो, हाइटी, लेबनान, सुडान, दक्षिण सुडान, इजरायल, कंगो, मालीलगायत द्वन्द्वग्रत मुलुकहरूमा शान्ति स्थापनाका सैनिक खटाएका छ।

धेरै सुरक्षाकर्मी पठाउने सूचीमा बंगलादेश दोस्रो र भारत तेस्रो छ। सुरक्षाकर्मीको संख्या बंगलादेशको ६ हजार एक सय ९७ र भारतको ६ हजार ७३ छ। त्यस्तै, रुवान्डा चौथो र पाकिस्तान पाँचौँ स्थानमा छन्। दक्षिण एसियाली मुलुकहरू सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने मुलुकको सूचीमा अग्रपंक्तिमा देखिएका छन्।

नेपालले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई शान्ति मिसनमा पठाएको छ। विभिन्न मिसनमा नेपाली सेनाका मात्रै पाँच हजार आठ सय ८५ जना परिचालित छन्। यीमध्ये ६ सय आठजना महिला सुरक्षाकर्मी छन्। १२ मिसनमा नेपाली सैनिक कार्यरत छन्।

नेपाली सेनाका अनुसार हालसम्म राष्ट्रसंघीय छातामुनि ४४ शान्ति स्थापक मिसनमा एक लाख ४९ हजार आठ सय ९० सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले काम गरेका छन्। मिसनहरूमा कर्तव्य पूरा गर्ने सिलसिलामा ७३ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् भने ६८ घाइते भएका छन्।

मंगलबार विहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान विश्व देखिएका जातीय तनाव र आतंकवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका थिए।

नेपाली सेनाले आयोजना गरेका ‘चौथो शान्ति प्रयास’ अभ्यासको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा सचेत हुनुपर्ने बताउदै नपाली शान्ति स्थापनामा नेपाली सेनाको प्रशंसा गरेका थिए।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...