Tuesday 6th October 2026

तोटक छन्दमा कविताः पुस्तक -गुणनिधि घिमिरे


पुस्तक
छन्द – तोटक १२ अक्षर
यययय
।।ऽ ।।ऽ ।।ऽ ।।ऽ
१
सुन निर्मल ज्ञान त दिन्छ कति
बुझ शास्त्र विचारित काव्य जति ॥
२
पढ पुस्तक लौ रसपान लिँदै
अरुमा पनि शब्द सिकाइ दिँदै ॥
३
प्रविधा जति छन् उति नै रसका
विधिमा रसिला कविता जसका ॥
४
भन भाग्य जता मन कुद्छ उतै
सबमा करुणा गर लौ बहुतै ॥
५
रसिला कविता पढियो सुनियो
रसले सरिता विचमै थुनियो ॥
६
अझ मानव जीवन यो धनमा
किन लम्कि गयो बुझ है मनमा ॥
७
यसरी उसरी जसरी तसरी
भइ काव्य कवि कविका रसरी ॥
८
दिनमा अनि रातभरी पढियो
कविका कविता अनि ज्ञान लियो ॥

-गुणनिधि घिमिरे
अमेरिका


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...