Thursday 11th December 2025

भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा नेपालले सुधार गर्न सकेन


भ्रष्टाचार व्यप्त मुलुकको सुचीबाट नेपालले अझै सुधार गर्न सकेको छैन । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले भ्रष्टाचार व्याप्त हुने सूचीमै नेपाललाई राखेको छ। गत वर्षको तुलनामा केही सुधार भए पनि भ्रष्टाचार व्याप्त मुलुकको अग्रपंतिमा रहेका मुलुकहरूको सूचीमा नेपाल रहेको टीआईले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२३ ले पनि भ्रष्टाचार मुलुकको गम्भीर समस्याका रूपमा देखाएको छ।

भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) ०२३ मा नेपालले ३५ अंक पाएको छ। १८० देशको तथ्यांकमा नेपाल १०८ औं स्थानमा छ। भ्रष्टाचार कम हुने देशले धेरै अंक पाउँछन्। ०२२ मा नेपालको अंक ३४ थियो। अर्थात् ११०औं स्थान थियो। अघिल्लो वर्षभन्दा एक अंक सुधार भए पनि भ्रष्टाचार नियन्त्रणमा भने खासै उपलब्धि नभएको सूचकांकले देखाएको छ।

सीपीआईमा एक अंक सुधार भएको देखिए पनि मुलुकमा भ्रष्टाचार भने झनै बढेको विज्ञहरू बताउँछन्।

यस वर्षको प्रतिवेदनमा विभिन्न देशको औसत अंक ४३ छ। ५० भन्दा कम अंक पाउने देशमा भ्रष्टाचार संस्थागत एवं धेरै छ भन्ने देखाउँछ। एसिया प्रशान्त क्षेत्रको औसत अंक ४५ छ। नेपालको पनि औसत अंकभन्दा निकै कम छ। विश्वका दुईतिहाइ बढी मुलुकमा भ्रष्टाचार मौलाएको सीपीआईले देखाउँछ। ती देशमा भ्रष्टाचार गम्भीर समस्याका रूपमा रहेको उल्लेख छ। यो सूचकांकमा १८० देश सहभागी छन्।


सम्बन्धित शीर्षकहरु

मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। नेपालमा पनि…

सीरियामा एक वर्षअघि बशर अल–असदले युद्ध जितेको मानिएको थियो, तर परिस्थिती अचानक उल्टियो। उत्तरी सीरियाको इदलिबबाट अहमद अल–शरा ९उपनामस् अबू…

हबल अन्तरिक्ष दूरबीनले (Hubble Space Telescope) हाम्रो सौर्यमण्डलमा देखिएको तेस्रो अन्तरतारकीय आगन्तुक ‘3I/ATLAS’ को नयाँ तस्बिर खिचेको छ।यो वस्तु हाम्रो…

प्रतिकृयाहरू
...