Wednesday 4th March 2026

कुवेतमा बागलुङका डिल्लीराज शर्मा सम्पर्क विहिन, खोजीका लागि परिवारद्वारा आग्रह


तितोपाटी-कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन भएका छ्न। बाग्लुङ जिल्ला जैमिनि नगरपालिका १ का दिल्लिराज शर्मा गत जनवरी १६ तारिखबाट सम्पर्क बिहिन भएको शर्माका आफन्तले तितोपाटीलाई बताएका छ्न। वैदेशिक रोजगारीको शिलशिलामा रोमा इनटरनेशनल कम्पनीमा कार्यरत शर्मा हवेली एरियाबाट ११:३० सम्पर्कबिहिन भएका हुन। त्यस प्रश्चात उनी परिवार, संगीसाथी, आफन्तको सम्पर्कमा आएनन । भने उनको मोबाईल अहिले स्विच रहेको छ भने म्यासेन्जर व्हाटसपमा गत जनवरी १६ पछि अनलाइन देखाएको छैन। परिवार तनावमा रहेका छ्न। शर्माको श्रीमतीले कुवेत स्थित नेपाली दूतावास, एनआरएनए, नेपाली संघ सस्था र पत्रकारहरुलाई आफ्नो श्रीमानको खोजीको अनुरोध गरेकीछ्न।
बाग्लुङका दिल्लीराज शर्मा सम्पर्कबिहिन भएको कुरा नेपाली दूतावासका श्रम सहचारी गिरि प्रसाद आचार्यलाई जानकारी गराई सकिएको कृष्ण पौडेलले बताउदै सम्भव भएका ठाँउहरुमा आफु र साथीहरू खोजी कार्यमा लागि परेको जानकारी गराएका छ्न । ११ दिन बित्दा पनि उनको कुनै जानकारी प्राप्त हुन सकेको छैन। शर्मा कस्तो समस्यामा परेर सम्पर्क बिहिन भए अन्योलता छाएको छ। कुवेतमा रहनु भएका नेपाली दाजु भाई दिदी बहिनीहरुले शर्मालाई कहि कतै देखेमा वा केहि जानकारी भएमा नेपाली दूतावास कुवेत तथा तल उल्लेखित नम्बरमा सम्पर्क गरिदिनु हुन समेत आफन्त रघुनाथ अर्यालले आग्रह गरेका छ्न।
सम्पर्कको लागि कृष्ण पौडेल ६५५८९५२०, रघुनाथ अर्याल ६५१७३६६५


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...