Sunday 1st November 2026

कुवेत आएको भोलिपल्टै रुपन्देहीका प्रकाश गौतम सम्पर्क बिहिन


तितोपाटी-कुवेत आएको हप्ता दिन नहुदै एक नेपाली सम्पर्क बिहिन भएका छ्न। गत शनिबार नोभेम्बर ४ तारिख UAE Exchange Company को सेक्युरिटि गार्ड मा कुवेत आएका रुपन्देही तिलोत्तमा १२ बुधबारेका प्रकाश गौतम आएको भोलिपल्ट नोभेम्बर ५ तारिख आईतबार देखि सम्पर्क बिहिन भएको कुवेत मै कार्यरत उनका आफन्तले जानकारी गराउदै कुवेतबासी नेपाली दाजु भाई दीदी बहिनीहरुले कहिँ कतै देखेमा नेपाली दूतावास अर्थात आफन्तको मोबाइल नम्बर ६७०४०३१८ मा सम्पर्क गरि जानकारी गराउनु हुन समेत सबैमा आग्रह गरेका छ्न।

प्रकाश गौतम सम्पर्क बिहिन भएको बिषयमा नेपाली दूतावास कुवेतलाई खोजीको लागि जानकारी गराएको उनले बताए । साथै उनको कम्पनीले समेत स्थानीय प्रहरी प्रसासनलाई खोजीको लागि जानकारी गराई सकेकोछ । मुर्गाफबाट अकस्मात सम्पर्क बिहिन भएका प्रकाश् नेपालबाट रोजगारीका लागि कुवेत आएको दोस्रो दिन मै आखिर कहाँ गए त कस्तो समस्यामा परे अन्योलता छाएको छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...