Sunday 18th October 2026

कुवेत आएको भोलिपल्टै रुपन्देहीका प्रकाश गौतम सम्पर्क बिहिन


तितोपाटी-कुवेत आएको हप्ता दिन नहुदै एक नेपाली सम्पर्क बिहिन भएका छ्न। गत शनिबार नोभेम्बर ४ तारिख UAE Exchange Company को सेक्युरिटि गार्ड मा कुवेत आएका रुपन्देही तिलोत्तमा १२ बुधबारेका प्रकाश गौतम आएको भोलिपल्ट नोभेम्बर ५ तारिख आईतबार देखि सम्पर्क बिहिन भएको कुवेत मै कार्यरत उनका आफन्तले जानकारी गराउदै कुवेतबासी नेपाली दाजु भाई दीदी बहिनीहरुले कहिँ कतै देखेमा नेपाली दूतावास अर्थात आफन्तको मोबाइल नम्बर ६७०४०३१८ मा सम्पर्क गरि जानकारी गराउनु हुन समेत सबैमा आग्रह गरेका छ्न।

प्रकाश गौतम सम्पर्क बिहिन भएको बिषयमा नेपाली दूतावास कुवेतलाई खोजीको लागि जानकारी गराएको उनले बताए । साथै उनको कम्पनीले समेत स्थानीय प्रहरी प्रसासनलाई खोजीको लागि जानकारी गराई सकेकोछ । मुर्गाफबाट अकस्मात सम्पर्क बिहिन भएका प्रकाश् नेपालबाट रोजगारीका लागि कुवेत आएको दोस्रो दिन मै आखिर कहाँ गए त कस्तो समस्यामा परे अन्योलता छाएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...