Monday 23rd March 2026

एनआरएनएमा उम्मेदवारी घोषणाको बाढी


१०औं महाधिवेशनबाट अस्तव्यस्त बनेको गैरआवासीय नेपाली संघ एनआरएनएको ११औं अधिवेशन संघारमा छ । अक्टोबर १९ तारिखमा हुन लागेको अधिवेशनले कोर्स करेक्सन गर्नका लागि भन्दै यस पटक पुरानै एकल नेतृत्वमा जाने निर्णय गरेर चुनावी प्रक्रिया अघि बढाइसकेको छ । एनआरएनएले ४ हजार १ सय ९२ जनाको मतदाता नामावली प्रकाशित गरेको एनआरएनएको नयाँ नेतृत्वका लागि अहिलेसम्म लोकतान्त्रिक समूहबाट महेशकुमार श्रेष्ठ, माओवादीबाट आरके शर्मा र नेकपा एमालेबाट बद्री केसीको चर्चा छ । यसैगरी रविना थापाले पनि काठमाडौंमा उम्मेदवारी घोषणा गरिसकेकी छन् । सुरुमा महेशले उम्मेदवारी घोषणा गरे थिए भने आरकेले शर्माले कतारबाट गरेका थिए । रविनाले काठमाडौंमै उम्मेदवारी घोषणा गरे पनि बद्रीले चुनावी तयारी गरे पनि उम्मेदवारी भने घोषणाा गरिसकेका छैनन् ।
नेपाली राजनीतिकको प्रभाव एनआरएनएमा पर्ने भएकाले लोकतान्त्रिक र माओवादीसमूहको बीचमा लेनदेन हुँदा उम्मेदवारी तलमाथि हुने सम्भावना भने रहेका एनआरएनएकै अभियन्ताहरू बताउँछन् ।
एनआरएनएको ६ जना खुल्ला उपाध्यक्षका लागि प्यानल नै प्रतिस्पर्धामा उत्रने पक्का जस्तै छ । अहिलेसम्म महेशको समूहले खुल्ला ६ मध्य ५ जनाको उम्मेदवारी टुंगो लगाएको बुझिएको छ । उपाध्यक्षमा डा. केशब पौडेल, सुनील साह, नारायण आचार्य, राज रेग्मी र गंगाधर गौतमको टिकट पक्का भएको बताएको छ । यसैगरी रोविन शेरचनले पनि उपाध्यक्षको टिकट पाउने बताए पनि अझैं पक्का भइसकेको छ । महिला उपाध्यक्षमा विमला सापकोटा र युवा उपाध्यक्षमा रविन अधिकारीलाई समूहमा राख्ने बताइएको छ । उता, बद्रीको टिमले पनि पदाधिकारीसहितको तयारी तीव्र पारेको बताइएको छ । महासचिवमा भने महेश समूहबाट बुद्धिसागर सुवेदीको पक्का जस्तै छ ।
उता, बद्रीले पनि आफ्नो समूह निर्माणका लागि अन्तरिक तयारी गर्दा उनले सुनील साह र रोविन शेरचनलाई पनि आफ्नो समूहमा राखेका छन् । साह र शेरचन महेशको पनि टिममा रहेका छन् । बद्रीले उपाध्यक्षको पहिलो रोजाइमा डा. हेमराज शर्मा, रामशरण सिम्खडा र डा विनोद श्रेष्ठलाई समावेश गरेको बुझिएको छ । तर, अहिलेको मतदाता नामावली सार्वजनिक लगायतका कुराहरूका कारण अलि अप्ठेरो अवस्थामा रहको बद्री समूह ‘पर्ख र हेर’को अवस्थामा रहेको छ । बद्री अहिले जसरी पनि महेशलाई रोक्ने बरु आरकेलाई अध्यक्ष मानेर आफू संरक्षकको भूमिकामा जाँदा आफ्नालाई विभिन्न पदमा सेट गर्न सक्ने रणनीति लिएको बुझिएको छ ।
आरके शर्माले कतारबाट आफ्नो उम्मेदवारी घोषणा गरे पनि उनले टिमबारे सार्वजनिक गरेका छैनन् भने रविनाले पनि टिम सार्वजनिक गर्न नसकको एनआरएनए वृत्तमा चर्चा छ ।साभर : देशान्तर


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...