Wednesday 7th October 2026

नेपालको विश्व कीर्तिमानी जित : मंगोलिया २ सय ७३ रनले पराजित


नेपालले १९ औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा विश्व कीर्तिमानी जितसहित मंगोलियालाई २ सय ७३ रनको फराकिलो अन्तरले हराएको छ । जितका लागि ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ ओभर एक बलमा ४१ रनमा अलआउट भयो ।

नेपालको यो जित टि–२० इतिहासकै सबैभन्दा ठूलो जित हो । यसअघि सन् २०१९ मा चेक रिपब्लिकनले टर्कीलाई २ सय ५७ रनको अन्तरले हराएको थियो । मंगोलियाका दावासुरेनले १० रन बनाउनुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक÷एक विकेट लिए । त्यसअघि चीनको हान्झाउमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो ।

टी–२० खेलमा पहिलो पटक ३ सयभन्दा माथि रन बनेको हो । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले उच्च स्कोर बनाएको हो । कुशल मल्ल ५० बलमा १ सय ३७ रनमा र दीपेन्द्रसिंह ऐरी १० बलमा ५२ रनमा अविजित रहे । कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए ।

योसँगै कुशल टी–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।

नेपालका दीपेन्द्र सिंह ऐरी सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ९ बलमै अर्धशतक प्रहार गरे । यसअघि टी–२० मा सर्वाधिक छिटो अर्धशतक भारतीय खेलाडी युवराज सिंहले सन् २००७ मा इंग्ल्यान्डसँगको खेलमा १२ बलमै पूरा गरेका थिए ।

ऐरीले अन्तर्राष्ट्रिय कुनै पनि खेलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् । उनले १९ औँ ओभरको अन्तिम पाँच बलमा लगातार पाँच छक्का हाने । नेपालबाट यसअघि ज्ञानेन्द्र मल्लले १८ बलमा अर्धशतक पुरा गरेका थिए । ज्ञानेन्द्रले सन् २०१२ मा साउदी अरबसँगको खेलमा यो अर्धशतक पूरा गरेका थिए ।

नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आइतवार माल्दिभ्ससँग खेल्नेछ । नेपाल क्वाटरफाइनलमा पुगे भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानमध्ये एक टोलीसँग खेल्नुपर्ने हुन्छ । एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले पदकको लक्ष्य राखेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...