Sunday 5th May 2024

बेलायतबाट थापेको अर्वाड ले हर्कलाई बदल्यो


हर्क साम्पांग एक लोकप्रिय मेयर थिए तर अहिले रातारात उनको लोकप्रियता गिर्दो अवस्थामा छ । जात र धर्मको पछि नलाग्ने हजारौ युवाहरु जुनसुकै दलमा भए पनि हर्कको साथ मा थिए तर चर्च विवाद सँगै उनको लोकप्रियता यसरी खस्किएको छ की अब हर्क को त्यो उचाई बाकी छैन ।

उनी बास्तविक रुपमा को हुन भनेर मानिसले खोज्न शुरु गरेका छन । बेलायतबाट दिईने अर्वाडसँग गर्व गर्ने लाखौ नेपालीहरुको मनबाट हर्क आफ्नै हर्कतबाट बाहिरिदै गएका छन । उनले दिएका कतिपय अभिव्याक्ति यति अराजक र आपत्तिजनक छन की अब उनीमाथि श्रद्धा व्याक्त गर्नेहरु घृणा गर्ने अवस्थामा पुगेका छन । अझै पनि उनको मेहनत का कारण हर्क सुध्रिनु पर्दछ भन्ने शुभेच्छुक को कुनै कमी छैन ।

एकताका एमाले नेता विष्णु रिमाल ले हर्कलाई बौलाह मेयर भन्ने अभिव्याक्ति दिदा हजारौ ले उनलाई गाली गरे ती हजारौको लाम मा यो पंक्तिकार पनि सँगै उभियो तर अहिले हर्कका का श्रंखलाबद्ध स्टाटस हेर्दा रिमाल सहि रहेछन भन्ने लाग्न थालेको छ । हर्क पाष्टर हुन होईनन म त्यता जादिन । हर्क ले क्रिश्चियानिटीसँग निकट सम्बन्ध राख्दछन भन्नेमा भने कुनै विवाद रहेन । उनले कसैलाई काशी मा जाँ भन्न पछि परेका छैनन । उनी आफूलाई नश्लबादी होईन भन्थे तर उनका स्टाटसबाट एक नम्बरका जातिवादी देखिएका छन । उनले बोल्दा बोल्दै यति धेरै बोलिसके की प्रदेश नम्बर १ किराँतीहरुको थाकथलो हो भन्ने अभिव्याक्ति घुमाउरो पारामा दिदै यहाँ क्षेत्रीबाहुनहरुलाई हामीले शरण दिएको भन्न समेत भ्याएका छन । शरणार्थी क्षेत्री बाहुन ले मेरो विरोध गर्ने भन्ने उनको आशय कति गंभिर , घातक र अराजक छ भन्ने सामान्य मानिसले समेत बुझ्न थालेका छन ।

विगतमा उनीमाथि के कस्ता मुद्धा लागे त्यसमा कसैको समर्थन थिएन बरु हर्क माथि आम समुदायको सहानुभूति थियो तर अब भने उनलाई राजद्रोह को मुद्धा लगाउने बेला आएको छ । सामाजिक अमनचयन र शान्तिमा दख्खल दिने उनलाई कुनै अधिकार छैन । उनलाई सार्वजनिक हित विपरित, पदिय मर्यादा र आचरणमा नरहेको विषयमा मुद्धा लाग्न जरुरी देखिन्छ । एउटा टोले गुण्डाको शैलीमा हर्क ले बोलिरहेका छन । मंन्दिर को अगाडी खडा भएको चर्चले अहिले तत्काल केही नगरे पनि भविश्यमा त्यो निक्कै घातक बृक्षको रुपमा खडा हुनेछ । त्यसले एक दिन न एक दिन समाज भिडाउछ, जुधाउनेछ । यस्तो खतरनाक विवाद को विजारोपण गर्ने मेयर आम जनताका मेयर हुन सक्दैनन । चर्च त्यहाँ बनाएको कसैलाई मन परेको छैन । त्यहाँबाट हटाउन जरुरी छ ।

हर्क ले फेसबुक स्टाटसका कमेन्ट गर्ने हरु को कुन जाति वा समुदायको हो भन्ने हेर्दैछु भनेर भनेका छन । यसको मतलब सवै किराँतीहरुलाई जबरजस्त क्षेत्री बाहुनका विरुद्ध खडा हुन गरिएको एक प्रकारको आव्हान हो । के यो जायज छ ? के हर्कले अब जातिय राजनिती गर्न खोजेका हुन ? यदि यसो हो भने यो झन उनका लागि घातक छ । कमसेकम अशोक राईलाई उनले पढ्न पर्दछ । जातिय राजनिती गर्दा उनको उचाई कहाँबाट कहाँ पुग्यो । हर्क ले आंगकाजी बाटो रोजेको देखिन्छ । उनलाई आंगकाजी नै बन्नु छ भने भिरबाट लड्ने गोरु लाई राम मात्र भन्न सकिन्छ काध हाल्न कसैले सक्दैनन ।

हर्कलाई एउटा अभियान्त को रुपमा जनताले चुनेका हुन । राजनैतिक दलका प्रतिनिधीबाट वाक्क भए पछि विकल्प का रुपमा उनलाई रोजेका हुन । यति चाडै हर्क यसरी पतनको बाटो समाउलान भनेर कमैले सोचेका थिए । खुलेर वा लुकेर उनलाई मतदान गर्ने हजारौलाई चोट पुग्ने गरी हर्क ले जातिय र धार्मिक विवाद गरेर के प्रस्तुत गर्न खोज्दैछन बुझिनसक्नु भएको छ । बेलायतको अर्वाडले उनलाई कटटर क्रिश्चियन बनाएको विश्लेषण पनि हुन थालेको छ र त्यसलाई पुष्टि गर्ने गरी विगत एक महिनायता हर्क बदलिएका छन ।

हर्कले काम गरेका छन भनेर सवैले उनलाई उर्जा दिईरहे । देशभरीका तीन जना मेयर चुन्न पर्दा ती मध्ये दोश्रो मेयर का रुपमा मान्ने गरेका थिए । तर अब त्यो मान्यता जोगाउन उनलाई सजिलो छैन । उनले अरुलाई होच्याउने, गाली गर्ने गरुन्जेल सम्म पनि जनताले समर्थन नै गरे । बाँदर भन्दा पनि ठिकै भन्यै भन्दिए, गुईठे भन्दा पनि हो हो भने तर अब यसो भन्दैनन । आजै मात्र ईटहरीका अर्का अभियान्ता नबराज मैनालीले हर्ककै शैलिमा गिटार बजाएर गित मार्फत नै हर्कलाई संझाउन कोशिष गरेको देखियो । नबराज शुरु देखि कै हर्क विरोधी थिए । यसैले उनको विरोध र हर्कको समर्थन गर्ने धेरै देखिन्थे तर अहिले हर्क अतालिएको देखिन्छ, सधै नबराजलाई वास्ताव्यास्ता नगर्ने हर्कले उनको नाम लिएर नै केही कुरा भने, लेखे तर यो उनका लागि प्रिय भई दिएन ।

अरुलाई पनि उनकै जसरी गाउँन आउछ भन्ने हर्कले बुझन पर्दछ । नबराज को उक्त फेसबुकमा पोष्ट मा भएको गित र त्यसलाई काउन्टर दिदै फटाह नवराज भन्दै हर्कले गरेको पोष्ट मा आएका सयौ कमेन्ट हेर्दा हर्कले बुझ्न पर्छ की हिजो उनको समर्थन मा आउने सयौ कमेन्ट आज एकाएक विरोधमा किन आउन थाले । हर्क ले आफैलाई गंभिर भएर समिक्षा गरेनन र सच्चिएनन भने उनी पतनको दिशामा जाने निश्चित छ । चर्च विवादलाई सन्तुलित भएर व्यवस्थापन गर्न पर्दछ नकी धम्किको भाषा बोल्न हुन्छ ।

मेयर ले चर्च बन्न अगाडी नै यो विषयमा सोच्न नसक्नु ले उनको नियत माथि प्रश्न उठाउँछ । यदि नियत खराब थिएन भनियो भने उनको योग्यता माथि प्रश्न उठ्छ । तर उनका अभिव्याक्तिले मन्दिरका अगाडी चर्च बनाउनु अकारण र अन्जान बस नभएर नियतबस थियो भन्ने पुष्टि गरिरहेको देखिन्छ । मेयरको अभिव्याक्तिकै कारण धरान वा अन्यत्र ईशाय हिन्दु बीच द्धण्द्ध भए त्यसको जिम्मा उनै मेयर सांम्पांगले लिन पर्ने प्रष्ट छ के उनी त्यसका लागि तयार हुन ?


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...