Sunday 19th May 2024

प्रचण्ड मात्र भारतले बनाएका प्रम होईनन


तोयानाथ दाहाल, उपेक्षित, नेपालमा चुनाव जनताले जसलाई जिताउन तर प्रम भारतले चाहेकै मान्छे हुन्छ र हुदै आएको तितो सत्य कहि छिपेको छैन । जसले भारतको चासो र सरोकारलाई नजरअन्दाज गर्दछ उ या त सकिन्छ या त उसको पार्टीले सरकार छाडन पर्ने परिस्थिती निर्माण हुने गर्दछ ।

नेपालका नेताहरु विकाउ र दलाल छन भन्ने भारतलाई राम्ररी थाहा छ । जो विक्छन उसलाई किनिन्छ जो बिक्दैनन उसलाई एक्लो पारिन्छ वा मारिन्छ । यो हुदै आएको कुरा हो ।

गरिजा प्रसादले एकल बहुमत ल्याउदा पनि सत्ता जोगिएन । त्यतिबेला ७६ र ३६ से जम्एिको हेरौं । त्यसबेला देउवा उपयोग भएका थिए । नकपा को बहुमत भएको बेला हेरौ, त्यहाँ माधव र प्रचण्ड लाई भारतले किनेको थियो । भारतले जसरी भए पनि जनताले जतिसुकै भारी मतले जिताए पनि उसले आफू अनुकुल चलेन भने तोड्ने र फोर्ने काम गर्दछ ।

मदन भण्डारी हत्याकाण्ड र दरबार हत्याकाण्ड लाई हेर्ने हो भने पनि थाहा हुन्छ की उसलाई प्रभु थपना नगर्नेहरु ढल्छन । यसो हुन को मुख्य कारण सांसदका लागि टिकट लिदा नै उसले उमेद्धारहरु छानेको हुन्छ । हरेक दलमा लडने एक चौथाई सदस्यहरु भारतिय संस्थापन बाट तलब बुझ्नेहरु नै हुने गर्दछन । जुनसुकै दलमा उसका उमेद्धारको अघोषित कोटा हुने गर्दछ । यी सवै कुरा नेतृत्वलाई राम्ररी थाहा छ । जिल्ला स्तर देखि कै युवा नेताहरु जसको भविश्य उसले देख्छ त्यसलाई कुनै न कुनै तरिकाले आफ्नो गुलाम बनाइ सकेको हुन्छ । विकाउ,भोका र दरिद्र युवा नेताहरु विस्तारै भारतमुखी बनिसकेको स्वयमले थाहा पाउदैनन । जतिबेला थाहा पाउछन त्यतिबेला उनीहरु पूर्णरुपमा फसिसकेका हुन्छन । उनीहरुले भारतको सिधा समर्थन नगरे पनि बोल्न नसक्ने अवस्थामा पक्कै हुन्छन । गगन विश्व प्रकाश त्यसका उदाहरण हुन ।

कसको सरकार राख्ने, कसको फाल्ने त्यो भारतको मर्जि हो । जसले जतिसुकै स्वतन्त्र र स्वभिमानका कुरा गरे पनि त्यो फगत जनताको आँखामा छारो हाल्ने काम मात्र हो । यदि भारतको चाहाना मान्दिन भनेर कुनै दल ले भन्ने हो भने त्यसलाई कसरी ठेगान लाउछ भन्ने कुरा त ओलिको बर्हिगमन हेरे पुग्दैनर ? अदालत, प्रहरी, अख्तियार, सवका सव भारतको निर्देशनमा चल्दछन । दलहरुले जो जो न्यायधिस छाने पनि ती अन्तत भारतका कोटाका मानिस नै हुने गर्दछन । सत्ता पक्ष वा विपक्ष वा गठबन्धन बाट जो जो न्यायधिसको कोटामा परे पनि ती भारतले चाहेका भन्दा फरक मानिस हुदैनन । कानूनमा नै नभएको परमादेश र त्यहाँ प्रम हुने मानिसको नाम नै किटेर आदेश हुदा मान्न पर्ने स्थिती कसरी आयो ? चोलेन्द्र लाई महाअभियोग लगाएर अदालत छिर्न पनि नदिने र उनी माथि लागेको अभियोग पनि पुष्टि गर्न नपर्ने छुट कसलाई थियोर ? संसदलाई नै छलेर एउटा सभामुख र अर्कै राष्ट्रपति को नाम काटेर नयाँ राष्ट्रपतिले तोक लगाउन मिल्ने कुन बैधानिकताको विषय होर ? यसर्थ जसले जे गरोस भारतले भने बमोजिम को काम भयो भने त्यो मान्य हुने देशमा, कोही स्वाधिन, कोही स्वतन्त्र र कोही देशभक्त छ भनेर सोचियो भने त्यो भन्दा ठुलो भ्रम अरु केही हुन सक्दैन ।

एक ताका १७ पटक चुनाव लडेर हारेका मानिस अहिले राष्ट्रपति छन भने चुनाव हारेका मानिस पनि यो देशका प्रम भएका छन । एउटै प्रकृतिको घटनामा मनमोहन को संसद विघठन उल्टयाएको छ र गिरिजाको विगठनलाई अदालतले सदर गरेको छ । राजदरबार हत्याकाण्ड को छानविन कसले पत्याउने छर ? जनताले मानुन नमानुन कुनै राजनैतिक दलले त्यसको छानविन म सत्तामा गए भने गर्दछु भनेर कोही बोलेको सुन्न भएको छ ?

ओली ले चुच्चे नक्सा जारी गर्दा नै आफ्नो सत्ता जाने घोषणा गरेका थिए भयो पनि त्यस्तै । म र शेर बहादुर को मिलीजुली सरकार भयो भने भारतलाई कन्फरटेवल हुन्छ प्रचण्डले पहिले नै बोलेका थिए अनि अहिले भएको पनि त्यस्तै छ । राजतन्त्र मासे पछि नेपालको राजनितीको केन्द्र दिल्ली भएको कुरा त घाम जस्तै छर्लंग छनी । लाईन लागेर दिल्ली जाने, सिंगापुर वा थाईल्याण्ड जाने, भारतीय दुतावास जाने योजना बनाउने कुनै लुकेको कुरा होर ? आफ्नो देशमाथि अत्याचार हुदा चुईक्क बोल्न नसक्ने, सिमा मिचिदा बोल्न नसक्ने, भारतिय संसदमा नेपाल को भूभाग मिसाएर नक्सा जारी गर्दा सोध्न नसक्ने त्यस्ता कोही नेपालका प्रधानमन्त्री हुन्छन ? ईपिजी को प्रतिबेदन का विषयमा कुरा गर्न नचाहाने, सिमानामा डुबान गराउने बाधहरु को विषयमा कुरा नराख्ने त्यस्तो पनि जनताको सरकार हुन्छ ? धेरै कुराहरु प्रमाणका रुपमा छन की भारत ले नेपालमा सिधा हस्तक्षेप गरिरहदा बोल्न सक्दैनन नेपालका प्रम भने उनको बाध्यता सत्ता जोगाउने भन्दा अरु के हुन सक्छ ।

विस्तारबादी भारत भन्दा पनि हामीले पत्यायौ । सुरुंग युद्ध गर्दछु भन्दा पनि पत्यायौ । तर उही बाट पालित पोषित रहेछन भनेर छर्लंग हुदा पनि त्यसैलाई राष्ट्रवादी पार्टी हो भन्ने हामी जनता उस्तो की नेता ? विषाधीयुक्त तरकारी सम्म रोक्न नसक्ने सरकारले देश र जनताका हितमा केही गर्दछ भनेर पत्याउने ? शरणार्थी काण्ड मा भएको स्टनबाजी देखिसक्यो । जनताको नजरमा परेका मुख्य अभियुक्त को समातियोर ? ललिता निवास अर्को महाँस्टनको अन्त्य पनि कोर्ट लगाएर गराईन्छ । त्यसका मुख्य पात्रहरु लाई छुदै छुईन्न र सवैलाई चोख्याईन्छ । अन्तत अरब लुट्नेहरु ले लाख धरौटीमा छुटे भने अचम्म मान्न पर्दैन ।

चुनाव जित्नका लागि उतैबाट लगानी गरेर आउने र चुनाव लड्नेहरुलाई जिताएर नेपाली जनताले राष्ट्रियताका लागि सरकार सँग अपेक्षा गर्न हुदैन । प्रचण्ड सरकार सँग आशा गर्नु भनेको त्यही हो । उनले प्रभुको आज्ञा र आदेश भन्दा एक ईन्च पनि दाँयाबाया गर्दैनन । एमाले यो मामलामा केही फरक छ र त्यही फरक भएको कारण उसलाई घेराबन्दी गरेर वा उसको दल बिभाजन गरेर वा अदालत लगाएर घोक्रयाएको कसले बुझेको छैन । एमाले लाई सत्तामा आउन नदिनका लागि भारतले बर्तमान गठबन्धनबाट कसैलाई उम्कन दिदैन । त्यसैका लागि उन्मुक्ति पार्टीका रेशम छाड्न लगाएको हो । त्यसैका लागि अहिले सिके राउतलाई फकाउन लगाएको हो ।

बोल्दाबोल्दै प्रचण्डको जिब्रो चिप्लियो । उनले जे बोले त्यो सत्य हो । उनले असत्य हो भन्ने अवस्था पनि छैन र सार्वजनिक रुपमा त्यसो भन्ने मानिसलाई देशको प्रदानमन्त्री बन्ने कुनै नैतिक धरातल पनि हुदैन । तर पारीबाट खबरदार भनेसम्म उनलाई कसैले हटाउन सक्दैन । भारतले आफ्नो मकसद पुरा नभए सम्म प्रचण्डलाई साथ दिईनै रहने पक्का छ । शेर बहादुर लाई केपी ओली सँग मिल्न भरसक दिदा पनि दिदैन । यसर्थ प्रचण्ड भारतकै एजेन्ट हुन । उसैले बनाएका प्रम हुन यसमा उनले आफै नबोलेको भए हुने थियो । थाहा त कसलाई थिएनर ? कहिले ५ हजार मारेको जिम्मा लिन्छु भन्छन उनी कहिले हाम्रा लडाकु त बास्तबमा सात आठ हजार मात्र हुन भन्छन । कहिले चुनाव जे गरेर भए पनि जित्न पर्दछ भन्छन कहिले भारतले मलाई प्रम बनायो भन्छन । नेपाली जनता त्यस्तै लाई छान्छन र जिताउछन त कसको के लाग्छर ? यसपाली एमाले राप्रपा ले माग गरेको राजिनामा पनि स्टन्टमा सिमित हुन्छ । किनकी यीनीहरुले चाहेर होईन भारतले चाहे पछि मात्र प्रम नेपालमा परिबर्तन हुने गर्दछ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...