Sunday 19th May 2024

रबि, बालेन, हर्क र अमरेशहरु मिसन ८४ मा एउटै झण्डा मुनि -दुई तिहाई पक्का


तोयानाथ दाहाल उपेक्षित, देशमा को प्रधानमन्त्री छ ? भन्ने कुरालाई जनताले बेवास्ता गर्न थालिसकेका छन । आज भोली जनताको ध्यान रबिले कहाँ के बोल्दैछन ? बालेनले काठमाण्डौमा के गर्दैछन ? हर्कले धरान ई कस्तो बनाउलान खोजी गरिरहन्छन । जनतको मनको सत्ता यिनै सपुतहरुले चलाई रहेका छन । माफीया को सत्ता चलाउने अर्कै छ ।

शायद यहि कुरा बुझेका एमालेका नेता विष्णु रिमालले सामाजिक सञ्जालमा उनका नेताहरुको प्रचार गर्न कार्यकर्तालाई फरमान जारी गरे । त्यति मात्र कहाँ हो र ? उनले हर्कराज राईलाई बौलाहा भनिदिए । यस्ता उटफटयांग बुद्धि भएका एमालेका मध्य क्रमका फयाउराहरुले एमालेलाई सिद्धयाउने पक्का छ । रबिको ड्राईभरलाई हत्यामा परिणत गर्न खोज्ने अपराधिक मानशिकता भएका महेश बस्नेतहरुका प्रयासले एमालेका कति कर्मठ र बौद्धिकहरु शर्माएका होलान । सूर्य थापा जस्ता बकम्फुसे गालीशिरोमणीहरुले बालेनको कार्यलाई लल्कारेको कसले रुचाएको होला र ? उता गोकुल बास्कोटाको नैतिक उपदेशले त देशै लजाई रहेको छ । एमाले अध्यक्ष ओलीको हाईट माथि कुनै प्रश्न छैन तर उनका हनुमानले एमालेलाई २०८४ को चुनावमा चुना लगाएर छाड्ने निश्चित छ ।

कांग्रेसको सत्तामा मईमत्ता दुईटी भाउजुहरुको कुरा कस्ले बुझेको छैन र ? शरणार्थी काण्डमा शुरुमा बाघ झै गर्जिएका गृहमन्त्री काजी रातारात रुझेको मुसो जस्तो बन्नुको रहस्यका पछाडीको कारण तिनै राष्ट्रिय भाउजुहरु नै त थिए नी । लोग्नेलाई हिरासतमा भेट्न जान समेत डराएर १२ दिनसम्म दुला पसेकी भाउजुलाई शेर बहादुर दाजुले बचन दिएर प्रचण्ड महाराजले मुण्टो हल्लाएपछि मात्र भेट्न गएकी हुन भनेर कुन लाटाले नबुझेको रहस्य हो र ?

गत वर्ष सिसी टीभी खाने मुसो पशुपतिमा पस्यो भनेर त सत्ता गठबन्धनका अर्का पूर्व पर्यटन मन्त्रीले सार्वजनिक रुपमा बोले । रबि, बालेन र हर्क पछिको चर्चित अनुहार सुधन किराती पनि शंकाको घेरमा परेनन् र ? उनले आफूले घुस खान नमानेका कारण हटाउन लाग्दैछन भनेर बोलिसके ? यसरी नै प्रमको भारत भ्रमणमा १२० जनामा नअटाएको कारण खोल्दै भने माग नै सम्बोधन नहुने भ्रमणमा गईन । यो उनको प्रचण्डलाई चानचुने चुनौति होईन ।

काग्रेस मुख्य अंशीयार रहेको प्रचण्ड सत्ताका अर्थमन्त्रीले भुगोलमा कतै नभएको एउटा वार्डमा रकम विनियोजन गरिदिए । उनको ज्ञानको त्यो असिमित सिमा देखेर को अचम्मीत छैन होला र ? त्यति मात्र कहाँ होर उनले त देशको विकास बजेटको आधा बजेट त पूर्व प्रम शेर बहादुर, बर्तमान प्रम प्रचण्ड र आफू उमेद्धार भएको जिल्लामा खन्याई दिए । बाकी सांसद र जिल्ला त चिल्लै पार्दा पनि सत्ता पक्षका सांसदहरुको मौनता वा मधुरो स्वर सुन्दा यस्तो लाग्छ त्यस्तो लुरे सांसद हुन भन्दा त एउटा वडाध्यक्ष भएको नै बेस ।

सर्लाहीका स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि रबि, बालेन, हर्क र किराँती पछाडीका अर्का चर्चित अनुहार हुन । उनलाई तह लगाउन बर्तमान सरकारको ईशरामा अख्तियारमा मुद्धा ठोकिसकेका छन तर उनले अहिलेसम्म आफ्नो जिवनलाई देश र जनताको लागि सुम्पिएको भन्दै कुनै पनि हालतमा भ्रष्टहरुको विरुद्धमा बोल्न नछाड्ने बाचा सार्वजनिक रुपमा गर्दै आएका छन ।

कांग्रेसका युवा नेता गगन र विश्व प्रकाश सवै भन्दा कमजोर युवा नेताका रुपमा प्रकट भएका छन । उनीहरुले आफ्नै पूर्व सहकर्मी स्वर्णीमलाई हराउन तल्लो स्तरमा ओर्लिएको घटनाबाट उनीहरु चर्चामा त छन तर उनीहरुको चर्चा उनीहरुको विरुद्धमा हुने गरेको छ । देशमा आशा लाग्दो भविश्य पुराना पार्टीका कुनै युवा नेताहरूमा छैन । देशको अस्मिता र राष्ट्रिय स्वार्थका लागि अब काठमाण्डौका मेयर बालेन शाह बोल्न पर्ने भएको छ । देशमा शुसासन देख्न बालेनसँग आशा गर्न पर्ने भएको छ । जनताको मनको सरकार यति बेला बालेन बनेका छन ।

बालेनको कामको लामो फेहरिस्त बन्छ तर संघिय सरकारले प्रतिवाद गर्न पर्ने विषयमा उनले प्रतिबाद गरेका राष्ट्रिय मुद्धाहरुले अन्तराष्ट्रिय समर्थन र चासो मनग्य बटुलेको छ । विषाधीयुक्त तरकारी रोक्ने कामको नेतृत्व बालेनले , राष्ट्रियताको विषयमा भारतको अखण्ड भारतको नक्साको काउण्टर जवाफ बालेनले, साँस्कृतिक हमला विरुद्धको चलचित्रको संवाद हटाउन भारतीय सिनेमालाई चेतावनी बालेनले दिन परे पछि यो सरकार कस्को स्वार्थमा काम गर्दैछ भनेर जनताले राम्ररी बुझदैछन । शैक्षिक सस्थाको बेथिती रोक्न बालेन तातिन पर्ने, गरिब र असाहयहरुका लागि निःशुल्क उपचारका लागि बालेनले फरमान जारी गर्न पर्ने भएपछि प्रचण्ड सरकार चाही के का लागि भन्ने सवाल उठेका छन । क्षमतावान र ईमान्दार एउटा मेयर नै देश चलाउन काफी हुने रहेछ भन्ने कुराले के पनि बोलिरहेको छ भने सातवटा प्रदेश सरकारको पनि केही काम रहेनरहेछ ।

अब विक्रम सम्बत २०८४ को मिसनमा बालेन, हर्क, रवि, अमरेश र गोपी हमाल जस्ता जनताका सच्चा प्रतिनिधीहरु विभाजित भएर लड्न हुदैन । उनीहरुमा कुनै न कुनै प्रकारको मोर्चाबन्दी वा एउटै झण्डा ओढेर चुनावमा गए दुई तिहाईलाई कसैले रोक्न पनि सक्दैन ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...