Sunday 19th May 2024

प्रचण्ड सुध्रिएका हुन की विग्रिए ? जे होस प्रचण्ड भाइरल चाही भए


तोयानाथ दाहाल, उपेक्षित, आज को दिनमा सर्वाधिक भाईरल हुने व्याक्ति हुन प्रचण्ड अर्थात नेपालका बर्तमान प्रधानमन्त्री । उनी प्रधानमन्त्री भएर भाईरल भएका होईनन नत भारत भ्रमण मा गएर भएका हुन । भाईरल हुनका लागि यो साता नयाँ नयाँ घटनाक्रमहरु भएका छन ।

प्रम प्रचण्ड ले ओली क्याम्प परिर्वतन गरेर देउवा क्याम्प गए पछि त्यति बेला नै विभिन्न अडकलवाजीहरु शुरु भए । तर सतहमा त्यसो गर्न को कारण एमाले सँग काम गर्न असहज भएको भन्ने प्रचण्डको तर्क थियो । क्याम्प परिर्वतनको त्यो बहाना को आधार संसद विघठन लाई ओली ले जायज भनेको र आफूहरुले त्यसलाई गलत भन्दै त्यत्रो संर्घष गरेको भन्ने प्रचण्डको तर्क थियो । तर यो देखाउने आरोप को रहस्य विस्तारै खुल्दै गएको छ ।

रामचन्द्र पौडेल लाई राष्ट्रपति को उमेद्धार बनाउने क्रम मा नै प्रचण्ड भारतको गंभिर षडयन्त्र भित्र फसिसकेका थिए । नभन्दै पौडेल राष्ट्रपति भए पछि उनलाई सामान्य रुगाखोकी लाग्दा त्यस विमारलाई अतिरन्जित गरियो र हवाई जहाज चार्टर गरेर दिल्ली लगियो । यो यात्रा विमार ठिक गर्ने यात्रा थिएन । जुन विमारको नेपालमा सहजै ईलाज हुनसक्थ्यो । पौडेल लाई राष्ट्रपति को उमेद्धार बनाउदा नै विगतमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गनरेको नागरिकता विधेयक मा छाँप लगाउने शर्त मन्जुर गराईएको थियो भनिन्दैछ र घटनाक्रम ले त्यसलाई पुष्टि गर्न मद्दत गरेको देखिन्छ ।

प्रचण्ड राष्ट्रपति मार्फत उक्त विधेयकलाई विहान स्वीकृत गराए र अपरान्ह दिल्ली उडे । भारत जान अघि हतार हतारमा उनले यो काम राष्ट्रपति मार्फत किन गराए ? यहिबाट उनको नियत माथि प्रश्न उठ्न शुरु भयो । भारतले उनको अपेक्षा विपरित लामो समय सम्म निम्ता नदिनको कारण यहि थियो भन्ने भनाई पनि आएका छन । उनले यो शर्त पुरा गर्ने बाँच गरे पछि उनलाई भारतले भ्रमणको निम्तो दिएको हो भन्ने कुरा आरोप का लागि आरोप मात्र भएन । बर्तमान संसदको कार्यक्षेत्र मिचेर, पूर्व राष्ट्रपति र पूर्व सभामुख को नाम लेखेर पठाईएको प्रमाणीकरणको कागजमा बर्तमान राष्ट्रपति रामचन्द्र ले छाँप लगाउनु प्रकृयागत तु्रटी छ, कानूनी रुपमा अबैध छ भनेर मुद्धा अदालत सम्म पुगिसकेको छ । देश भित्र ठुलो विवादको विषय बनेको विधेयक लाई त्यसरी जवरजस्त पास गराए पछि राष्ट्रपति विवादमा परेका छन भने प्रचण्ड आक्रोश र घृणाका पात्रका रुपमा भाईरल भएका छन ।

भारत प्रचण्ड पुगे पछि पहिलो गाँस मा ढुंगा भने झै उनको स्वागत राज्य मन्त्रीले गरिन । एक व्यानर का अगाडी राज्यमन्त्री सँग हात मिलाउदै गरेका प्रचण्डलाई त्यहाँ केही जोडी नर्तकीहरुले नेपालको सन्थाल जातिहरुको परम्परागत नृत्य जस्तै लाग्ने नाँच देखाएर थप स्वागत गरियो । उनी यहाँ हाँस्य र मजाक का पात्र मात्र बनेनन । नेपालका प्रधानमन्त्रीको बेईजत भयो भनेर धेरैले चित्त दुखाए । यहाँ गुनासो र मजाक का पात्र बनेर उनी सामाजिक सञ्जालमा भाईरल बने ।

भ्रमणका क्रममा नेपाल ले अपेक्षा गरेका केही पनि उपलब्धी हासिल भएनन । ईपीजी को प्रतिबेदन सम्बन्धि कुरै भएन । सिमा सम्बन्धी कुनै काम भएन । हवाई रुट नेपाल लाई दिईएन । बरु उही पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई खिसिटयुरी गरिएको समुन्द्री मार्ग पायौ भन्दै प्रचार गरिएको छ । पानी जहाँजको अबधारणा को शसक्त विरोध गर्नेहरुले समुन्द्रमा पहुच पाएर खुशी मनाउनु को कुनै तुक देखिन्दैन । बरु थप दुई नदी भारतलाई प्रचण्डले सुम्पिएका छन । मोदीले १० हजार विधुत दश बर्षमा खरिद गर्ने भनेर गफ दिए त्यसलाई संझौताको रुप दिएनन । मोदी वा भारतको कुनै पनि सरकारलाई उनको गफ का आधारमा काम गर्ने अख्तियारी रहदैन र सधैभरी मोदी सत्तामा हुन्छन भन्ने पनि छैन । त्यसलाई संझौतामा नढाले पछि मोदीको त्यस भाषणलाई प्रचण्ड समुहले उपलब्धीका रुपमा प्रचार गर्दैछन यो थप मजाक को विषय बाहेक केही हुन सक्दैन । उनको भारत भ्रमण आफैमा झारो टार्ने भएको देखेर पनि उनलाई ट्रोल गर्ने काम भईरहेको छ ।

प्रचण्ड विगतमा भैसी पुजा गर्दा जति भाईरल भएका थिए त्यो भन्दा धेरै अहिले मध्यप्रदेशको उज्वेनमा गएर महाकालेश्वरको पुजा गर्दा भएका छन । एउटा नास्तिक बामपन्थी नेताको हेर्दा हेर्दै देखिएको स्खलित चरित्र कस्तो प्रकारको छलांग हो व्याख्या उनैले गर्लान तर हिजो गाई काट्न, लगाउने, पण्डित मार्ने, मन्दिरमा पिसाव गर्ने उनका कार्यकर्ता ले उनको पलायनको पथ लाई कसरी हेर्ने हुन अझै देख्न पर्खन पर्ने हुन्छ । उनले राष्ट्रिय पोशाक मा प्रम को शपथ खादा पनि प्रचण्ड भाईरल भएका थिए तर त्यसलाई मानिसहरुले सकरात्मक भनेका थिए । अहिले उनले गेरु बस्त्र पहिरिएर महाकालेश्वरमा गरेको पुजाआज राजा ज्ञानेन्द्रको शैलीमा नै देखिएको छ । अब उनले शक्ति पिठहरुमा दर्शन गर्दै हिड्ने राजाहरुको परम्परा लाई के भन्छन सुन्न बाकी छ ।

प्रचण्ड समयक्रम सँगै मोहनचन्द्र अधिकारीले झै घण्टी बजाउने ठाउँमा आईपुगेका छन । यो सँग अब नेपालमा माओवाद वा बामपन्थि रहेनन । अब उनको कांग्रेससँगको गठबन्धनमा विपरित धु्रब भनिरहन पर्ने अवस्था छैन । माओवादी र कांग्रेसबीच कुनै दिन पार्टी एकता भयो भने अब अचम्म मान्न पर्दैन । प्रचण्ड सुधारिए की प्रचण्ड विचलित भएर पतन भए त्यसको व्याख्या गर्ने काम उनकै दललाई छाडिदिउ । तर उनी एकपछि अर्को गर्दै यति भाईरल भए जसलाई नेपालका कुनै सेलिब्रेटीले जित्ने छैनन ।

अब ओली लाई माओवादीहरुले रामभक्त भन्न पाईदैनन । माओवादीहरुले उनीहरुले ठोरी लाई हेला गर्न सक्दैनन । बरु प्रचण्डलाई अब पशुपतिनाथको यात्रा चाडो गराएर चोख्याउन पर्दछ । नेपाल हिन्दु राष्ट्रको बाटोमा अघि बढिसक्यो । धर्मनिरपेक्षता अब कसैको मुद्धा नैतिक रुपले हुन सक्दैन ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...