Wednesday 24th April 2024

सत्ता स्वार्थले जन्मिएका लेण्डुपेहरुले देश बुझाउने भए


तोयानाथ दाहाल, उपेक्षित, विश्वका धनाढय मुलुकमा नेपालीहरुका बस्ती बन्दैछन । त्यसरी विदेशको लक्जरी लाईफका लागि आर्कषित भएर उतै बस्न रुचाउनेहरु तिन खालका मानिस छन । पहिलो हो देश लुटेर कमाएको सम्पती दवाउन पलायन भएका नेपाली , दोश्रो एनआरएनए नेपाली जसमा अधिकांश रोजगारी र अध्यायनको शिलशिलामा गएर उतै को नागरिकता लिनेहरु, तेश्रो शरण पाएर बसेका नेपालीहरु ।

तेश्रो को हकमा कुरा गर्नै परेन । नेपाली मूलका भए पनि उनीहरु नेपाली नागरिक थिएनन । थर्ड कन्ट्री सेटलमेन्टमा त्यहाँ पुगेका हुन । जसमध्ये केही नेपाली नागरिक समेतले सत्ताको दुरुपयोग गरेर आफूलाई अनागरिक बनाउदै जानेको सानो संख्या पनि त्यहाँ छ भनिएको छ त्यसलाई समय आए पछि छानविन गरेर कारबाहीको दायरामा ल्याउने वा त्यतै छाड्ने भोलीका दिनमा आउने नेतृत्वले गर्ने कुरा हो । तर एउटा बुझ्न पर्ने कुरा के हो भने भूटानका नेपालीहरु लाई भारतकै ईशरामा लखेटिएको थियो र तिनलाई उसैले आफ्ना साधनको प्रयोग गरेर नेपाल बोर्डरमा छाडेको थियो । यसको पछाडीको कारण भनेको नेपालको अर्थतन्त्रमा धक्का दिनु र देशलाई अस्तव्यस्त अवस्थामा फसाउनु । तर दातृराष्ट्रहरुको सहयोगले भारतले सोचे जस्तो नतिजा भने दिएन ।

दोश्रो एनआरएनए भएर जानेहरु जो सँग दोहरो नागरिकता र कतिपय सँग दोहरो राहादानी समेत छ तिनले भोलीका दिनमा नेपाल आउन चाहेमा अमेरिका वा अन्य जुनसुकै देशको भए पनि नागरिकता त्याग गरेको खण्डमा नेपाल को कानून ले उनीहरुलाई एडप्ट गर्न पर्दछ नत्र समस्यामा पर्न सक्ने कुरा को नजिर रास्वपा नेता रबी लामिछानेको मुद्धाको फैसला नै बुझनका लागि काफी छ । ती मध्ये कतिले नेपाल रोज्लान कतिले त्याग्लान । उनीहरुलाई यति भन्न सकिन्छ मात्रिभूमीलाई लात नहान एक दिन फर्केर आउ ।

पहिलो नम्बरमा रहेका ती नेपालीहरु भ्रष्ट मध्ये का नम्बर का मानिसमा पर्दछन । उदाहरणका लागि प्रज्वल शम्सेर राणा लाई हेरौं । उनी राजदरबार हत्याकाण्ड पछिको अवकाश सँगै अमेरिका पलायन भएका हुन। यी एक जना प्रतिनिधीमुलक पात्र मात्र हुन । देश लुटेर पलायन भएका कयौ लुटेराहरु खोजको विषय बन्न सक्छन । तिनको अनुसरण गर्ने कति लुटेराहरु तयारी गर्दै होलान जो हाल सम्म लुट मच्चाई रहेका छन । बालकृष्णा वा टेक नारायण तिनका अनुयायी बन्न सक्ने प्रबृती का पात्र हुन । राणाले आफ्नो जीवनकालभरी सुरक्षा निकायबाट जति कुम्ल्याए सक्थे कुम्ल्याए र दरबार हत्याकाण्डको षडयन्त्रका लागि आफ्नो भूमिका मार्फत कति बुझन सक्थे बुझे । त्यो ईतिहासले खोज्ला । यस्तै प्रशासनको उपल्लो तहमा रहेकाहरु, सुरक्षा निकायको उपल्लो तहमा रहेकाहरु, तस्करीहरु, कालाबजारी, भ्रष्टचारीहरु, पूर्व भ्रष्ट मन्त्रीहरुका परिवारका सदस्यहरु जसले देशलाई दोहन गरे, राजदुत लगायत राज्यको लाभ लिएर आफ्नो पद र मर्यादा भन्दा पर गएर भ्रष्टचार गरेर अकुत सम्पती भेला पारेकाहरु समेत आफै वा आफ्ना सन्तानलाई अमेरिका, युरोप, क्यानाडा, अष्ट्रेलिया जस्ता देशमा सेटल गरेर बसेका छन । अहिले पनि मुलुक लुट्न पाए सम्म लुटिरहने गरी कतिपय देश भित्र यो वा त्यो नकाव पहिरिएर सक्रिय छन । जब देशमा श्रीलंकाको वा सिक्किमको जस्तो दुर्दशा आईलाग्छ यीनिहरु कोही पनि यहाँ बस्दैनन । त्यसका लागि उनीहरुले विदेशमा बस्ती बसाई सकेका छन । यस्ता काला कर्तुत गर्नेहरु सानै संख्यामा भए पनि भारतको दिल्ली, मुम्बई, कलकत्ता जस्ता शहरमा स्थायी बसोबास गर्ने पनि छन ।

राजाको प्रशंसा गरेको होइन यर्थाथ कुरा गर्दा बरु यी भ्रष्ट तथा अपराधी राष्ट्रघाती नेताहरु, कर्मचारीहरु, ब्यपारीहरु भन्दा राजाहरु धेरै ठिक र राष्ट्रवादी देखिएका छन । उनीहरुको विदेशमा आवास वा बैंक व्यालेन्स गरेको सुन्न पाईन्दैन । त्यहि भएर मुलुक विस्तारै गणतन्त्रको विरोध र राजतन्त्रको स्थापनाको मार्गमा अघि बढेको देखिन्छ । नेताहरुको गतिविधी कै कारण राजतन्त्र फर्कन पनि सकछ । ईतिहासमा धेरै देश यस्तो भएको छ ।

बहुदलका ३४ बर्षमा नेपाल एक प्रकारले पराधिन अवस्थामा बाँचिरहेको छ । दुई ठुला देशहरुको विचमा रहेको देश राजतन्त्र रहदा सम्म सन्तुलित भुमिकामा थियो तर अहिले नेपालको असंलघ्न परराष्ट्र निती समेत खलबलिएको छ । एमसीसीको अनुमोदन गरेर अमेरिकालाई देश भित्र छिराउने परियोजनाका नकरात्मक संकेतहरु देखिन थालेका छन, युरोपियनहरुद्धारा यसैबीच क्रिश्चियानीटीको व्यापक विस्तार गरिरहेका छन । अमेरिकाको चासो सम्बोधन गर्दा चिनको चासो र सरोकार भत्किन गई एक दिन नेपाल युक्रेनको ठाउँमा पुग्ने खतरा बढेको छ । भारतको चासो र षडयन्त्रमा फसेका नेताहरुको सत्ता स्वार्थले देश नै नरहने हो कि भन्ने खतरा देखिएको छ । पुर्खाहरुले २०० बर्ष लडेर बचाई दिएको देश लेण्डुपेहरुले कसलाई कति बेला बुझाउने हुन अवस्था नाजुक बन्दै गएको छ ।

देशका नदि नाला सवै नै जिम्मा लगाई सकेका छन, उद्योग धन्दा सवै बन्द गराएर नेपालीहरुलाई विदेशीन बाध्य पार्ने र राष्ट्रघाती नागरिकता विधेयक पास गरेर दक्षिणका मानिसहरु को कानूनी उपस्थिती बढाएर बहुमतमा पुरयाउने षडयन्त्रमा नेताहरु प्रत्यक्ष सामेल भएका छन । तराईमा जनसंख्या जति बढयो त्यति प्रतिनिधी सभाका लागि निर्वाचन क्षेत्र बढाउने र संसदमा भारतमुखी जनप्रतिनिधीको उल्लेख्य संख्या पुरयाउने खेल मा प्रगति भईरहेको छ र एक दिन संसदबाट अनुमोदन गरेर देश नै जिम्मा दिने वा भूटानी मोडेलमा लाने काम हुने देखिन्छ । यसका लागि केही बर्ष लाग्ला । अहिलेको अवस्था सम्म आईपुग्न पनि करिब ३५ बर्ष लागेको छ , यो विकाशक्रम रातारातको प्रगति होईन । छिमेकीले दिर्घकालिन रणनिती अन्र्तगत हस्तक्षेप बढाई रहेको छ ।

बहुदल को नारामा लागेका नेताहरुबाट मात्र काम नबन्ने भए पछि ५२ सालमा बाबुराम र प्रचण्डहरु जन्माएको भारतले नै हो । दश बर्ष शसस्त्र युद्ध गराएको उसैले हो । त्यसबाट पनि काम फत्ते पार्न असहज भए पछि विरेन्द्रको बंशनास पनि गराईएकै हो । यसरी बर्षौ देखि भईरहेका श्रंखलाबद्ध घटनाक्रमहरु अब भने अन्तिम अन्तिम चरणमा पुगिसकेको छ । अहिले नागरिकता विधेयक पास गरेर उक्त षडयन्त्र ले थप एक कदम प्रगति गरेको छ । यसर्थ यति बेला सचेततापूर्वक नेपालीहरुले बुख्याचाहरुलाई चिन्नु पर्दछ र नेपाली राजनितीबाट सदाका लागि विदा नगर्ने हो भने अब को १० देखि १५ बर्ष पछि नेपाललाई कसैले बचाउन सक्ने छैन । सवैलाई चेतना भया ।


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...