Friday 22nd September 2023

प्रधानमन्त्री ४ दिने भ्रमणका लागि भारत प्रस्थान


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् । भ्रमणमा सरकारी ४७, निजी उद्योग व्यवसाय क्षेत्रका ४१, मिडिया प्रतिनिधि, ५ मन्त्री, डेढ दर्जन सचिव तथा सहसचिव सहभागी भएका छन् ।

प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग बिहीबार दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता गर्दै छन् । दुई नेताबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरको वार्ताका लागि समय छुट्याइएको छ । लगानी, व्यापार, प्रविधि विकास, विकास आयोजनाको निर्माण, अपराध अनुसन्धानमा सहकार्यलगायत विषयमा डेलिगेसन लेभलमा सहमति हुने परराष्ट्र स्रोतको भनाइ छ । भारतको सहुलियत ऋणमा बनेको न्यु मोदी–लेखनाथ प्रसारण लाइन, कसुहा–कटैया डबल सर्किट लाइन तथा नेपालगन्जमा बनेको एकीकृत जाँच चौकीको संयुक्त उद्घाटनको तयारी छ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले अमेरिकी रक्षा सम्झौता र नागरिक आणविक कार्यक्रमको बदलामा इजरायलसँग सम्बन्ध सामान्य बनाउन इच्छुक भएको बताएको छ। महिनौंदेखि, साउदी…

पार्टीको झोला बोक्ने छोराछोरी बोर्डिङ पढाउने किन हो?सडकमा कराउने अधिकार छ सबैलाई विरोध प्रदर्शन गर्ने सक्षम छौ भनेर सडकमा देखाउने…

क्यानडा र भारतबीच बढ्दो तनावका कारण भारतले क्यानडामा रहेको भिसा सेवालाई तत्कालका लागि निलम्बन गरेको हो। बीबीसीका अनुसार क्यानडाको भारतीय…

प्रतिकृयाहरू
...